सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

इस्लाम धर्मावलम्बीले इद पर्व मनाउँदै

इस्लाम धर्मावलम्बीले इद पर्व मनाउँदै


  • ढोरपाटन संवाददाता
  • चैत्र ७ २०८२, शनिबार

बागलुङ/देशभरका इस्लाम धर्मावलम्बीले शनिबार ईद–उल–फित्र (इद) पर्व मनाइरहेका छन् । यो पर्व व्रत पूरा भएपछि अर्को दिन मनाइन्छ । सरकारले पर्वको अवसरमा आज सार्वजनिक बिदा समेत दिएको छ ।

शनिबार बिहानै काठमाडौँको घण्टाघर नजिकका मस्जिद र अन्य मस्जिदमा मुस्लिम समुदायले एकअर्कामा शुभकामना साटासाट गर्दै पर्व मनाएका छन् । इद–उल–फित्रमा ‘सेवई’ खाएर र सामूहिक रूपमा नमाज पढेर पर्व मनाइन्छ । यस महिना इस्लाम धर्मावलम्बीहरूले जकात (दान) दिने चलन छ र यसलाई पुण्य कमाउने महत्त्वपूर्ण अवसरको रूपमा लिने गरिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->