सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

पार्किङ गरेको गाडीमा आगजनी

पार्किङ गरेको गाडीमा आगजनी


  • अमृत बास्कुने
  • चैत्र १० २०८२, मंगलबार

म्याग्दी/बेनी नगरपालिका–२ हाँडेभीरस्थित पार्किङ गरेर राखेको ग २ ज १०५४ नम्बरको बोलेरो जिपमा अज्ञात समूहले आगजनी गर्दा क्षती भएको छ ।

२०८२ चैत १० गते बिहान गाडीमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका निमित्त प्रमुख प्रहरी निरीक्षक सागर तिमिल्सिनाले बताए । उनका अनुसार, बेनी नगरपालिका–७ का सुमन श्रेष्ठको गाडीमा बिहानै आगो लगाइएको र गाडीका भित्री भाग जलेर नष्ट भएको छ । घटनाको अनुसन्धान जारी रहेको तिमिल्सिनाको भनाई छ ।

गाडी पार्किङ गरेको अवस्थामा आगो लागेको देखिएकोले गाडी धनीले कसैले जलाइदिएको बताए पनि अहिलेसम्म जलाइएको वा आफै जलेको एकिन भै नसकेको तिमिल्सिनाले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->