सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए सपथ, सम्हाले कार्यभार

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए सपथ, सम्हाले कार्यभार


  • ढाेरपाटन संवाददाता
  • चैत्र ११ २०८२, बुधबार

पोखरा/ प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले बुधबार शपथ लिएका छन्। राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपछि रामचन्द्र पौडेलले ज्येष्ठ सदस्य केसीलाई शपथ गराएका हुन  ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीहरू, सांसदलगायत सरकारका विशिष्ट तहका कर्मचारी उपस्थित रहेका थिए। अब केसीले प्रतिनिधि सभाका नवनिर्वाचित २७४ सदस्यलाई पद तथा गोपनीयताको शपथ गराउनेछन्।

यसैबीच केसीले बुधवार नै पदभार ग्रहण गरेका छन् । शपथ लगत्तै संसद् सचिवालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित सदस्यमध्ये केसी सबैभन्दा पाका सदस्य हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->