सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

कांग्रेसको १५औं महाधिवेशन असोज १६ देखि १८ मा गर्ने निर्णय

कांग्रेसको १५औं महाधिवेशन असोज १६ देखि १८ मा गर्ने निर्णय

नेपाली कांग्रेसको बुधवारको बैठकले असोज १६ देखि १८ गते १५औं महाधिवेशन गर्ने गरी कार्यतालिका संशोधनसहित पारित गरेको हो।


  • ढोरपाटन संवाददाता
  • चैत्र ११ २०८२, बुधबार

काठमाडौं / नेपाली कांग्रेसको १५औं महाधिवेशन आगामी असोज १६ देखि १८ गतेसम्मका लागि तय भएको छ। कांग्रेस केन्द्रीय कार्यसमितिको बुधवारको बैठकले १५औं महाधिवेशन २०८३ असोज १६, १७ र १८ गते गर्ने निर्णय गरेको हो।

कांगेसको मंगलबारको बैठकमा पार्टी सभापति गगन थापाले आगामी भदौ २४, २५ र २६ गते १५औं नियमित महाधिवेशन गर्ने गरी कार्यतालिका पेस गरेका थिए।

तर, बुधवारको बैठकले असोज १६ देखि १८ गते १५औं महाधिवेशन गर्ने गरी कार्यतालिका संशोधनसहित केन्द्रीय समितिले पारित गरेको हो।

कार्यतालिका अनुसार, आगामी साउन ६ गते वडा अधिवेशन, साउन १२ गते गाउँ नगर अधिवेशन र साउन २३ गते प्रदेश सभा स्तरीय क्षेत्रीय अधिवेशन गर्ने निर्णय भएको छ । त्यस्तै, साउन ३० गते प्रतिनिधि सभास्तरीय क्षेत्रीय अधिवेशन, भदौ ६ र ७ गते जिल्ला अधिवेशन तथा भदौ १५ र १६ गते प्रदेश अधिवेशनको मिति प्रस्ताव गरिएको थियो।

तर साउन महिनामा मौसमी प्रतिकुलता हुने भन्दै तल्लो तहको अधिवेशन भदौमा गर्ने गरी कार्यतालिका सारिएको नेपाली काँग्रेसले जनाएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->