सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

थरीथरीका पोशाकमा पुगेका सांसदले लिए सपथ

थरीथरीका पोशाकमा पुगेका सांसदले लिए सपथ

राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार ज्येष्ठ सदस्य केसीलाई सांसदको शपथ गराएका थिए।


  • ढोरपाटन संवाददाता
  • चैत्र १२ २०८२, बिहिबार

काठमाडौं / प्रतिनिधिसभाका जेष्ठ सदस्य अर्जुन नरसिंह केसीले प्रतिनिधिसभा सदस्यहरूलाई शपथ खुवाएका छन् । सिंहदरबारस्थित निर्माणधीन संसद भवनमा बिहीबार दिउसो उनले शपथ खुवाएका हुन् ।

सभामुखको निर्वाचन नभएको अवस्थामा संसद्को जेष्ठ सदस्यले सांसदहरूलाई शपथ खुवाउने कानुनी प्रावधान छ । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार ज्येष्ठ सदस्य केसीलाई सांसदको शपथ गराएका थिए। राष्ट्रपतिबाट शपथ लिएका ज्येष्ठ सदस्यले केसीले बाँकी सांसदलाई शपथ गराएका हुन् ।

नवनिर्मित संसद भवनको बहुउदेश्यीय सभा हलमा सांसदहरूले शपथ ग्रहण गरेका छन् । फागुन २१ मा सम्पन्न निर्वाचनबाट निर्वाचित सांसदहरू सपथ ग्रहणका क्रममा आ-आफ्नो संस्कृति झल्कने पोशाक लगाएर शपथ ग्रहण स्थलमा पुगेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->