सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बालेनले लिए प्रधानमन्त्री पदको शपथ

बालेनले लिए प्रधानमन्त्री पदको शपथ


  • ढाेरपाटन संवाददाता
  • चैत्र १३ २०८२, शुक्रबार

काठमाडौं/ रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन) ले शुक्रबार प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा ३६ वर्षीय बालेनलाई प्रधानमन्त्रीमा शपथ ग्रहण गराएका हुन् ।

यसअघि राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रुपमा उनलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । नेपालको संविधान २०७२ जारी भएपछि यो धाराको प्रयोग गरी प्रधानमन्त्री नियुक्त भएको पहिलोपटक हो । मधेशी समुदायका व्यक्ति नेपालको प्रधानमन्त्री बनेको पनि यो पहिलोपटक हो ।

काठमाडौं महानगरको मेयरबाट राजीनामा दिएर फागुन २१ को चुनावमा भाग लिएका शाह पहिलोपटक संसद् छिर्नेबित्तिकै प्रधानमन्त्री बनेका हुन् । झापा क्षेत्र नम्बर ५ बाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई झण्डै ५० हजार मतान्तरले हराउँदै उनी प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए ।

प्रधानमन्त्री बालेनले रक्षा र उद्योग मन्त्रालय पनि सम्हालेका छन् । मन्त्रिपरिषदमा दोस्रो वरीयतामा रहेका स्वर्णिम वाग्लेले अर्थमन्त्रीको जिम्मेवारी पाएका छन् । तेस्रो वरियतामा रहेका सुधन गुरुङले गृह, शिशिर खनालले परराष्ट्र, सुनिल लम्सालले भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालय, विराजभक्त श्रेष्ठले ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयको नेतृत्व पाएका छन् । कास्कीका खड्कराज पौडेल (गनेस) ले पर्यटनमन्त्री, सस्मित पोखरेलले शिक्षा विज्ञान, तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालय, निशा मेहता स्वास्थ्य तथा जनसंख्या, विक्रम तिमिल्सिना सञ्चारमन्त्री, प्रतिभा रावल सामान्य प्रशासन मन्त्री दीपक साह (महोत्तरी) ले श्रम रोजगार र सोविता गौतमले कानुन मन्त्रीको जिम्मेवारी पाएका छन् । यसैगरी गीता चौधरी कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री र सीता वादी महिला, बालबालिका मन्त्री बनेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->