शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

चैतेदशैं मेलाको आकर्षण स्थानीय उत्पादन (फोटो फिचर)

चैतेदशैं मेलाको आकर्षण स्थानीय उत्पादन (फोटो फिचर)


  • ढाेरपाटन संवाददाता
  • चैत्र १३ २०८२, शुक्रबार

बागलुङ/देशकै प्रसिद्व धार्मिक शक्तिपीठ बागलुङ कालिका भगवती मन्दिर परिसरमा लाग्ने ऐतिहासिक चैतेदशैं मेला धार्मिक दृष्टिकोणसंगै स्थानीय उत्पादनको बजारीकरणको थलोको रुपमा पनि महत्वपूर्ण मानिन्छ ।

मेलामा जिल्लाको रणसिंकिटेनी, जलजला, पाण्डवखानी, सिसाखानी, रिघा, धम्जाका किसानले निर्माण गरेका काठ, बाँस र निगालोका सामग्री मेलामा ल्याउने गर्छन् । अमलाचौरका चुँदाराले बनाएका काठका ठेकी पनि मेलाको आर्कषण बन्ने गर्छन् ।

परम्परागत रुपमा घरेलु सीपबाट उत्पादित निगालोको चोयाबाट बन्ने डोको, डाली, नाङ्लो, सोली थुन्से, मान्द्रो, दारका ठेकादेखि कृषि औजार र मनोरञ्जनका साधन डम्फु–मादलको व्यापार यो मेलामा हुने गर्छ । दैनिक उपभोग्य बस्तुको रुपमा ठेका, डाला र नाङ्ला किन्न पाइने भएकाले गाउँ गाउँबाट सयौं मेला भर्न आउने स्थानीय समाजसेवी दुर्गा आचार्य बताउँछन् ।

प्लाष्टिकका सामान बढ्दा घरेलु उत्पादनका मौलीक सामाग्रीहरु मेलामा रुचाउन छोडेको बागलुङ नगरपालिका–११ रायडाँडाका बलबहादुर विकको गुनासो छ । कृषि औजार लिएर मेलामा आएका विकले विगतको तुलनामा स्थानीय उत्पादनको व्यापार घटेको बताउँछन् । ‘‘भान्सा र कृषि क्षेत्रमा आधुनिक सामानहरु भित्रिंदा स्थानीय सिपबाट निर्मित झाँगा, बाउसो र हसियाको प्रयोग घट्दै गयो’’ विकले भने ।

आयातित सामाग्रीमा उपभोक्ता आर्कषित हुँदा दारका ठेकाको व्यापार घटेको बलेवा अमलाचौरका व्यवसायी प्रेम चुदाराले बताए । अहिले गाउँघरमै वस्तुभाउ पाल्ने चलन हराउँदै गएपछि ठेकाको व्यापार महि पार्ने भन्दा पनि सजावटको सामग्रीको रुपमा बिक्री बढि हुने गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->