सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

यस्ता छन् बालेन मन्त्रिपरिषद् बैठकका ४ निर्णय

यस्ता छन् बालेन मन्त्रिपरिषद् बैठकका ४ निर्णय

जेनजी आन्दोलनबारे जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने लगायत ४ वटा निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।


  • ढोरपाटन संवाददाता
  • चैत्र १३ २०८२, शुक्रबार

काठमाडौं / नयाँ बनेको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरिएको छ । जेनजी आन्दोलनबारे जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने लगायत ४ वटा निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनअनुसार तत्कालीन प्रधानमन्त्री, गृहमन्त्रीलगायत अरुको हकमा तत्काल कार्यान्वयनका लागि सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको हाे । सुरक्षा निकायहरुको हकमा भने अध्ययन समिति बनाउने निर्णय भएको सरकारका प्रवक्ता पोखरेलले जानकारी गराए ।

आजै प्रधानमन्त्री नियुक्त भएका बालेन शाहले पहिलो मन्त्रिपरिषद् राखेका थिए । उक्त बैठकले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्नेसहितका निर्णय गरेको उनले बताए ।

बैठकका निर्णय :

–भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन तथा यसअघि भएका विभिन्न आन्दोलनका सम्पूर्ण ज्ञात अज्ञात शहीदहरूप्रति सम्मान एवं श्रद्धाञ्जली व्यक्त गर्ने ।

–नेपाल सरकारको प्रवक्तामा माननीय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीलाई तोक्ने ।

–सरकारको शासकीय सुधारका सय कार्यसूची स्वीकृत गर्ने । (भोलिसम्म प्रकाशित गर्ने)

–भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएका घटनाको जाँचबुझ गर्न गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगले नेपाल सरकारसमक्ष पेश गरेको प्रतिवेदन कार्यान्वयन गर्न देहाय बमोजिम गर्ने ।

  • पहिलो, उल्लेखित आयोगले सिफारिस गरेको व्यक्ति र निकायमध्ये सुरक्षा संयन्त्रको हकमा अध्ययन समिति गठन गरी सो समितिले पेश गरेको सिफारिस बमोजिम गर्ने ।
  • दोस्रो, अन्यको हकमा सो आयोगले गरेको सिफारिस तत्काल कार्यान्वयन गर्ने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->