सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

पत्रकार महासंघको स्थापना दिवसमा खाद्यान्न वितरण

पत्रकार महासंघको स्थापना दिवसमा खाद्यान्न वितरण


  • अमृत बास्कुने
  • चैत्र १६ २०८२, सोमबार
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; hdrForward: 0; brp_mask:0; brp_del_th:null; brp_del_sen:null; delta:null; module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 8;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;HdrStatus: auto;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 39;

म्याग्दी/नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवसर पारेर सञ्चार क्षेत्रमा आवद्ध दुई जनालाई खाद्यान्न सामग्री प्रदान गरिएको छ ।

नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीले दुई जनालाई खाद्यान्न सामग्री वितरण गरेको हो ।

जिल्लाका छापा सञ्चार माध्यमका कार्यरत सन्त नेपाली र पत्रकार महासंघ म्याग्दी शाखाको कार्यालय सहयोगी मनकुमारी परियारलाई दैनिक उपभोग्य खाद्य सामग्री प्रदान गरिएको हो । पत्रकार महासंघ म्याग्दी शाखा अध्यक्ष हरिकृष्ण गौतमका अनुसार दुवै जनालाई दाल, चाम, तेल, नुन लगायतको सामग्री प्रदान गरिएको हो ।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष प्रकाश पौडेलले पत्रकार महासंघको स्थापना दिवसले आगामी समयमा सञ्चार क्षेत्रको उन्नती र दिगो पनका लागि सबैले प्रयास गर्नुपर्नेमा जोड दिएका थिए । उनले पत्रकार हकहितका लागि वर्तमान सरकारको पनि ध्यानाकर्षण हुनु पर्ने बताए ।

पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमको अध्यक्षता, उपाध्यक्ष अमित विश्वकर्माको स्वागत र सचिव ठाकुर आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->