काठमाडौं / सर्वोच्च अदालतले नेकपा एमालेका अध्यक्ष्इा एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्नुको कारण पेस गर्न सरकारका नाममा आदेश जारी गरेको छ ।
न्यायाधीश मेघराज पोखरेलको इजलासले सोमबार कारण देखाऊ आदेश जारी गरेको हो । ओलीकी पत्नी राधिका शाक्यले आफ्नो पतिलाई गैरकानूनी थुनामा राखिएको भन्दै आइतबार सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् ।
भदौ २३ र २४ गते जेनजी आन्दोलनको घटना छानबिन गर्न सरकारले गठन गरेको जाँचबुझ आयोगले ओलीलाई अनुसन्धान गर्न सिफारिस गरेको थियो । सोही सिफारिशका आधारमा प्रहरीले गत शनिवार बिहान ओलीलाई पक्राउ गरेको थियो ।





