शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

चौथो संस्करणको जेसीज कप फुटबल हुने

चौथो संस्करणको जेसीज कप फुटबल हुने


  • ढाेरपाटन संवाददाता
  • चैत्र १९ २०८२, बिहिबार

बागलुङ/बागलुङ जेसीजको आयोजनामा चौथो संस्करणको ‘जेसीज कप’ फुटबल प्रतियोगिता हुने भएको छ । बिहिबार आयोजित पत्रकार सम्मेलनमा गण्डकी प्रदेश स्तरीय प्रतियोगिता गर्न लागिएको वर्ष २०२६ की अध्यक्ष अन्जिला श्रेष्ठले जानकारी दिइन् ।

चार वर्षदेखि जेसीजले २ लाख राशीको ‘जेसीज कप’ फुटवल प्रतियोगिता गर्दै आएको छ । चैत २३ देखि २८ गतेसम्म प्रतियोगिता संचालन गरिने प्रतियोगिता संयोजक सुभम राजभण्डारीले जानकारी दिए । फुटबलमा १२ टिम सहभागि हुने जनाइएको छ । खेलमा सेना र प्रहरीको टिम पनि सहभागि बन्दैछ ।

जेसीजले सामाजिक क्षेत्रमा युवा सशक्तिकरण, सरसफाइ, हरित समाज निर्माण जस्ता काममा अगुवाई गर्दै आएको छ । फुटबलमा प्रथम हुनेले २ लाख, द्वितिय हुनेले १ लाख नगद, ट्रफी र मेडाल पुरस्कार पाउनेछन् । त्यस बाहेक उत्कृष्ट खेलाडी र टिमलाई पुरस्कार दिइने भएको हो । खेलका लागि नेपाल फुटबल संघ एन्फाबाट समेत अनुमति लिएर संचालन गरिएको राजभण्डारीले जानकारी दिए ।

खेलका लागि १० लाख रुपैयाँ खर्च लाग्ने र त्यसका लागि जेसीजका सदस्य, पूर्व सदस्यहरु र पूर्व अध्यक्षहरुले दिएको रकमबाट खेल आयोजना गर्न लागिएको हो । केही रकम अन्य दाताले पनि दिने तय भएको श्रेष्ठले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->