शनिबार, असोज २४ २०८३

शनिबार, असोज २४ २०८३
  • २४ असोज २०८३ , शनिबार
  • October 10 2026

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता


  • ढाेरपाटन संवाददाता
  • चैत्र २० २०८२, शुक्रबार

काठमाडौं/ संघीय संसदको सभामुख पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापतिसमेत रहेका प्रतिनिधि सभा सदस्य डोलप्रसाद (डीपी) अर्यालले शुक्रबार संसद् सचिवालयमा उम्मेदवारी दर्ता गराएका छन्।

बिहीबार रास्वपा संसदीय दलको बैठकमा सभापति रवि लामिछानेले सभामुख पदका लागि अर्यालको नाम प्रस्ताव गरेका थिए भने त्यो सर्वसम्मत रूपमा अनुमोदन भएको थियो। अर्याल गत फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ९ बाट निर्वाचित सांसद हुन्।

सभामुख पदमा उम्मेदवारी दर्ताका लागि संसद् सचिवालयले आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मको समय तोकेको छ। लगत्तै दिउँसो साढे २ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने तालिका छ। सभामुख पदका लागि यही चैत २२ गते निर्वाचन हुँदै छ। अन्य विपक्षी दलले उम्मेदवारी दर्ता नगराए अर्याल निर्विरोध हुनेछन् । कांग्रेसले उम्मेदवार नउठाउने निर्णय गरेको छ । अन्य उम्मेदवार भएपनि अर्याल सभामुख हुने निश्चित छ। किनकि प्रतिनिधि सभामा रास्वपा १८२ सिटसहित सबैभन्दा ठुलो दल छ।

हाल सभामुख नभएकाले बिहीबार प्रतिनिधि सभाको पहिलो बैठक सबैभन्दा ज्येष्ठ सांसद अर्जुन नरसिंह केसीको अध्यक्षतामा गरिएको थियो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->