सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

सभामुखमा डीपी अर्याल निर्विरोध

सभामुखमा डीपी अर्याल निर्विरोध


  • ढाेरपाटन संवाददाता
  • चैत्र २० २०८२, शुक्रबार

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याल प्रतिनिधिसभाको सभामुखमा निर्विरोध चयन भएका छन् । सभामुखका लागि अर्यालको मात्रौ उम्मेदवारी परेको थियो ।

यसअघि नेकपा एमालेले उम्मेदवारी दिने तयारी गरे पनि नदिएपछि अर्याल निर्विरोध चयन भएका हुन् । संघीय संसद सचिवालयले आज बिहान ११ बजेदेखि २ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय तोकेको थियो । तोकिएको समयमा अर्यालको मात्र उम्मेदवारी परेको हो । अर्यालको प्रस्तावकमा पार्टी सभापति रवि लामिछाने र समर्थक स्वर्णिम वाग्ले, सुनिल लम्साल र सोविता गौतमसहितले अर्याललाई सभामुख पदमा निर्वााचित गरियोस् भनेर प्रस्ताव दर्ता गराएका थिए ।

२७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाको १८२ सिट रहेकाले उनी सभामुखमा निर्वाचित हुने निश्चित थियो । उनलाई आइतबार बस्ने प्रतिनिधिसभाबाट सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरिनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->