सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

गृह मन्त्रालयको कार्यसम्पादन मूल्याङ्कनमा मनाङ उत्कृष्ट, पर्वत चौथो

गृह मन्त्रालयको कार्यसम्पादन मूल्याङ्कनमा मनाङ उत्कृष्ट, पर्वत चौथो


  • ढाेरपाटन संवाददाता
  • चैत्र २३ २०८२, सोमबार

पोखरा / गृह मन्त्रालयले गरेको दोस्रो त्रैमासिक कार्यसम्पादन मूल्याङ्कनमा गण्डकी प्रदेशको मनाङ जिल्ला उत्कृष्ट देखिएको छ । गत कात्तिक, मंसिर र पुसको दोस्रो त्रैमासिक कार्यसम्पादन मूल्याङ्कनमा २०.२५ पूर्णाङ्कमा ७७ जिल्लामध्ये सबैभन्दा धेरै अङ्क १९.५ ल्याएर मनाङ उत्कृष्ट भएको हो ।

मनाङमा प्रमुख जिल्ला अधिकारी उपसचिव नवराज पौड्याल छन् । कार्यसम्पादन मूल्याङ्कनमा १९.३७५ अंकसहित नुवाकोट दोस्रो, १९.२५ अंकसहित डोटी तेस्रो र १९.२५ अङ्क नै ल्याएको पर्वत चौथो उत्कृष्टमा परेका छन् ।

मूल्याङ्कनमा सबैभन्दा कमजोर काठमाडौँ जिल्ला प्रशासन कार्यालय देखिएको छ । काठमाडौँले त्यही पूर्णाङ्कमा सबैभन्दा कम ३ अङ्क मात्रै ल्याउन सकेको छ । मन्त्रालयको नीति योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाले त्रैमासिक रूपमा कार्यसम्पादन मूल्याङ्कन गर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->