बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

शिक्षाको गुणस्तर सुधार्न घरदैलोमा शिक्षक

शिक्षाको गुणस्तर सुधार्न घरदैलोमा शिक्षक


  • ढाेरपाटन संवाददाता
  • चैत्र २७ २०८२, शुक्रबार

तनहुँ/ शिक्षाको गुणस्तर सुधार्न व्यास नगरपालिका–४ स्थित बेदव्यास प्राथमिक विद्यालयका शिक्षकहरु अभिभावकको घरदैलोमै पुग्न थालेका छन् । घरदैलोमै पुगेर उनीहरुले अभिभावकलाई विद्यालयको शैक्षिक सुधारबारे सुझाव सङ्कलन गर्न थालेका हुन् ।

शैक्षिक सत्र २०८३ को भर्ना अभियानअन्तर्गत चुरेखोल्सी टोलमा आयोजना गरेको घरदैलो तथा सर्वेक्षणका क्रममा अभिभावकहरूले पछिल्लो समय विद्यालयको सुधारप्रति खुसी व्यक्त गरेका छन् । स्थानीय अभिभावक तुलसीप्रसाद पौडेलले निजी विद्यालयलेझैँ सुविधा र शैक्षिक वातावरण सरकारी विद्यालयले दिन थालेपछि सन्तानलाई त्यहीँ भर्ना गर्ने मनस्थिति बनाएको बताए ।

‘विद्यालय प्रशासन आफैँ घरमा आएर गुणस्तरीय शिक्षा र सेवाको ग्यारेन्टी लिने प्रतिबद्धताले अभिभावकहरूमा विश्वास बढेको छ’, उनले भने । सोही वडाकी वडा सदस्य गौकुमारी न्यौपानेले वडाको तर्फबाट यातायातको सुविधा उपलब्ध गराउन पहलकदमी थालिने बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->