शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

उपसभामुखमा श्रम संस्कृति पार्टीका रुबीकुमारी ठाकुर निर्वाचित

उपसभामुखमा श्रम संस्कृति पार्टीका रुबीकुमारी ठाकुर निर्वाचित


  • ढोरपाटन संवाददाता
  • चैत्र २७ २०८२, शुक्रबार

काठमाडौं / प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन् । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा भएको निर्वाचनमा बहुमत सदस्यले रुवीको पक्षमा मतदान गरेका थिए।

सभामुख डीपी अर्यालका अनुसार रुवीको पक्षमा २२९ मत खसेको थियो भने विपक्षमा ५ मत खसेको थियो। त्यस्तै ‘दिन्न’ भन्नेमा २२ मत खसेको थियो। संसद बैठकमा कूल २५६ जना सांसदहरू उपस्थित थिए।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार सरस्वती लामाको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो। उनको पक्षमा जम्मा ५ मत खसेको थियो। त्यस्तै विपक्षमा २१५ र ‘दिन्न’मा ३७ मत खसेको सभामुख अर्यालले जानकारी दिए।

उपसभामुख निर्वाचित रुबी सोगराथ ठाकुर र रेणु ठाकुरका छोरी हुन् । २५ वर्षीया उपसभामुख ठाकुरले २०७४ सालमा धनुषाको स्थानीय विद्यालयबाट एसइई उत्तीर्ण गरेकी हुन् । उनले धनुषाको बलरा पोलिटेक्निकबाट तीन वर्षे सिभिल इन्जिनियरिङमा डिप्लोमा गरेकी छन् ।

पढाइ सकेपछि उनी आर्किटेचर कन्सल्टेन्सीमा काम गर्दै आएकी थिइन् । जेनजी आन्दोलन पश्चात् उनी श्रम संस्कृति पार्टीमा जोडिन पुगेकी थिईन । उनी श्रम संस्कृति पार्टीको समानुपातिक तर्फको सांसद हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->