शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

चौथो संस्करणको ‘जेसीज कप’ गहतेले जित्यो

चौथो संस्करणको ‘जेसीज कप’ गहतेले जित्यो

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडिको पुरस्कार बागलुङ सुधार केन्द्रका बरदान निउरे प्राप्त गरेका छन् ।


  • ढाेरपाटन संवाददाता
  • चैत्र २८ २०८२, शनिबार

बागलुङ/गण्डकी प्रदेश स्तरीय चौथो संस्करणको ‘जेसीज कप’ फुटबल प्रतियोगिताको उपाधि जोय स्टोर्स एक्स गहते युवा क्लबले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा बागलुङ सुधार केन्द्रलाई ०–१ गोलले पराजित गर्दै गहतेले उपाधि जितेको हो ।

निकै नै प्रतिष्र्धात्मक खेलको ८२ औं मिनेटमा सौरभ छन्त्यालले गरेको गोल नै जोय स्टोर्स एक्स गहते युवा क्लबको जितमा निर्णायक गोल बन्यो । उत्कृष्ट खेल प्रदर्शन गरेका राज भूसालले डि–बक्समा उपलब्ध गराएको क्रस पासलाई छन्त्यालले आर्कषक गोलमा परिणत गरेका थिए ।

प्रतियोगितामा पहिलोपटक सहभागिता जनाएको जोय स्टोर्स एक्स गहतेले ‘जेसीज कप’ उचाल्दा बागलुङ सुधार केन्द्र भने यसपटक पनि उपविजेतामा सिमित हुन पुग्यो । सुधार केन्द्र तेस्रो संस्करणको फाइनल खेलमा गुठी युनाइटेड स्तब्ध हुँदै उपविजेता बनेको थियो ।

विजेता बनेको जोय स्टोर्स एक्स गहतेले नगद २ लाख रुपियाँसहित ट्रफी प्राप्त गरेको छ भने उपविजेता बागलुङ सुधार केन्द्रले नगद १ लाखसहित ट्रफी प्राप्त गरेको छ । सेमिफाइनमा पुग्ने टोलीलाई पनि नगद १२/१२ हजार रुपियाँ प्रदान गरिएको छ ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडिको पुरस्कार बागलुङ सुधार केन्द्रका बरदान निउरे प्राप्त गरेका छन् । गहते युवा क्लबका विविध थापा उत्कृष्ट डिफेन्डर, गहतेकै आकाश थापा उत्कृष्ट मिडफिल्डर, सन्तोष महत उत्कृष्ट गोलरक्षक घोषित भए । सर्वाधिक गोलकर्ताको पुरस्कार नेपाली सेनाको कालीजंग गण घोडाबाँधेका दिपेन दियालीले प्राप्त गर्दा आदर्श विद्यामन्दिर (एभिए) अनुशासित टिम घोषित भएको छ ।

सर्वाेत्कृष्ट खेलाडि र अनुशासित टिमले १०/१० हजार रुपियाँ प्राप्त गर्दा अन्य उत्कृष्ट खेलाडिले नगद ५/५ हजार र ट्रफी प्राप्त गरेको आयोजक बागलुङ जेसीजका कार्यकारिणी उपाध्यक्ष तथा प्रतियोगिता संयोजक सुभम राजभण्डारीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->