आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

स्व. शरदचन्द्रलाई मरणोपरान्त पुरस्कार अर्पण गरिने

स्व. शरदचन्द्रलाई मरणोपरान्त पुरस्कार अर्पण गरिने


  • ढोरपाटन संवाददाता
  • बैशाख ५ २०८३, शनिबार

पोखरा/पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको रजत महोत्सव समापन वैशाख ८ मा हुने भएको छ ।

कार्यसमितिको पूर्ण बैठकले मञ्चको रजत महोत्सव समापन, पुनर्मिलन समारोह तथा राष्ट्रिय खेलकुद पुरस्कार वितरण कार्यक्रम आगामी वैशाख ८ गते मंगलबार कार्कीडाँडा आयोजना हुने भएको मञ्चका अध्यक्ष दिल बहादुर गुरुङले जानकारी दिए ।

उक्त कार्यक्रममार्फत नेपाली खेलकुद क्षेत्रमा विशेष योगदान पु¥याएकोले स्वर्गीय शरदचन्द्र शाहलाई मरणोपरान्त राष्ट्रिय खेलकुद पुरस्कार अर्पण गर्ने निर्णय भएको अध्यक्ष गुरुङले उल्लेख गरे । समारोहमा स्वर्गीय शाहका परिवारलाई नगद १ लाखसहित पदक र सम्मानपत्रले सम्मान गरिने अध्यक्ष गुरुङले खुलाए ।

स्वर्गीय शाहले २०३४ सालदेखि २०४५ सालसम्म राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवका रूपमा कार्य गर्दै नेपाली खेलकुदको विकासमा महत्वपूर्ण योगदान पु¥याएका थिए । उक्त अवधिलाई नेपाली खेलकुदको स्वर्ण युगका रूपमा समेत लिइन्छ ।

उनले राष्ट्रिय खेलकुद प्रतियोगिता, नगर खेलकुद प्रतियोगिता तथा दक्षिण एसियाली खेलकुद प्रतियोगिताको परिकल्पना गरी खेलकुदलाई संस्थागत र चलायमान बनाउन उल्लेखनीय भूमिका निर्वाह गरेका थिए ।

नेपाली खेलकुदलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न उनको योगदानलाई कदर गर्दै संस्थापक अध्यक्ष खड्गबहादुर रानाभाटको संयोजकत्वमा गठित पुरस्कार छनोट समितिको सिफारिस बैठकले अनुमोदन गरेको कार्यक्रम संयोजक हरिप्रसाद पराजुलीले बताए ।

राष्ट्रिय खेलकुद पुरस्कारको नगद राशी संस्थापक मञ्चका संस्थापक खड्क रानाभाटले आजीवन प्रायोजन गर्ने घोषणा गरेका थिए । उक्त पुरस्कार हरेक दुई वर्षमा वितरण गरिने छ । मञ्चले रजत बर्ष महोत्सवको अवसर पारेर १२ महिना १२ कार्यक्रम घोषणा गरेको थियो । सोहि अनुसार हालसम्म १६ ओटा कार्यक्रम सम्पन्न भइसकेको मञ्चका रेस डाइरेक्टर तेज बहादुर गुरुङले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->