शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

एसईईका विद्यार्थीलाई वडा नं. २६ को डिजिटल प्रविधिको तालिम

एसईईका विद्यार्थीलाई वडा नं. २६ को डिजिटल प्रविधिको तालिम


  • ढोरपाटन संवाददाता
  • बैशाख ११ २०८३, शुक्रबार

पोखरा/ पोखरा महानगरपालिका वडा नंं २६ ले एसईई दिएर बसेका विद्यार्थीका लागि डिजिटल प्रविधिमा आधारित विभिन्न तालिमहरु बुधबार देखि शुरु गरेको छ ।

सहभागी विद्यार्थीले रोवटिक्स एण्ड प्रोग्रामिड, भिडियो एण्ड कन्टेन क्रियसन, ग्राफिक्स डिजाईन र व्यक्तित्व विकास सम्वन्धी तालिम प्राप्त गर्नेछन् । तालिमको शुभारम्भ गर्दै पोखरा महानगरपालिका वडा नंं २६ का वडा अध्यक्ष नरेन्द्र थापाले एसईई परिक्षा पछिको समयमा विद्याथीका लागि जटिल हुने भएकाले तालिमले मार्ग निर्देश गर्ने उल्लेख गरे ।

परिक्षा पछिको फुर्सदको समयमा कुलत र गलत कार्यमा विद्यार्थीहरुको ध्यान जानसक्ने संभावना हुने भन्दै थापाले तालिमले त्यसलाई रोक्दै सिर्जनशिल बन्न सिकाउने बताए । उनले अहिलेको समय सुचना र प्रविधिमा आधारित भएकाले त्यसको सही सदुपयोग गर्न आग्रह गरे । डिजिटल प्लेटफर्म प्रयोेग गर्न जाने सिर्जनशिल बन्न सहयोग पुर्याउने नत्र गलत क्रियाकलापमा उद्धत हुन मद्दत गर्ने उनको भनाई थियो । अध्यक्ष थापाले विद्यार्थीहरुलाई नैतिक र सस्कार शिक्षाका लागि चालु आ.ब.मा रकम विनियोजन भएकाले चाडैनै कार्यक्रम शुरु गर्ने बताए ।

कार्यक्रममा वडा सदस्य सुजता बराल सुनारले वडा नं. २६ ले विद्यार्थीहरुको क्षमता विकासका लागि बार्षिक कार्यक्रममा समेटेर बजेट विनियोजन गरेको उल्लेख गरिन् ।
आकार समूहका सदस्य इन्जिनियर सन्दिप पौडेलले तालिमका बिषयहरु विज्ञान र प्रविधिमा आधारित भएकाले यसपछाडीको शिक्षाका लागि समेत सहयोगी हुने बताए । तालिममा पोखराका विभिन्न विद्यालयबाट एसईई दिएर बसेका एक सय ३० जनाको सहभागिता छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->