शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

सामाजिक कार्यमा सक्रिय बन्दै प्रबुद्व (फोटो फिचरसहित)

सामाजिक कार्यमा सक्रिय बन्दै प्रबुद्व (फोटो फिचरसहित)


  • ढाेरपाटन संवाददाता
  • बैशाख १२ २०८३, शनिबार

बागलुङ/सामाजिक क्षेत्रमा स्वयंसेवी रुपमा काम गर्ने हुटहुटीले स्वतःस्फुर्त रुपमा संगठित भएको प्रबुद्व युवा समूहले पर्यटकको चाप बढ्ने क्षेत्रमा सरसफाई अभियान चलाएको छ ।

सरकारीमा काममा हुने ढिलासुस्ती र विकास निर्माणका काममा भईरहेको ढिलासुस्तीप्रति सामाजिक सञ्जालमार्फत खबरदारी गर्दै आएको प्रबुद्वले हरेक वातावरण संरक्षणका लागि शनिबारदेखि ‘नगर सरसफाई’ अभियानको शुरुवात गरेको छ ।

प्रबुद्वले जिल्ला प्रहरी कार्यालयसंगको साझेदारीमा ‘नगर सरसफाई’ अभियान चलाएको हो । समूहले शनिबार पर्यटकको अन्त्यतै चाप हुने देशकै प्रसिद्व धार्मिक शक्तिपीठ कालिका भगवती मन्दिर परिसरदेखि ‘कालीगण्डकी गोल्डेन ब्रिज’ सम्म सरसफाई गरेको हो ।

पर्यटकीय मौसममा एसियाकै लामो सिंगल स्पानको कालीगण्डकी गोल्डेन ब्रिज अवलोकन र कालिका मन्दिरमा दर्शन गर्न आउनेको संख्या बढ्दै गएपछि मन्दिर र पुल परिसरमा सरसफाई गरिएको प्रबुद्व युवा समूहका अध्यक्ष रोहित सुनार ‘मार्टिन’ ले जानकारी दिए ।

पर्यटकको चाप हुने कालिका मन्दिर र कालीगगण्डकी गोल्डेन ब्रिज परिसरमा फोहोर संकलन गर्ने डस्बिनको व्यवस्था नहुँदा प्रदुषण बढ्दै गएको छ । ‘‘मन्दिरमा दर्शन गर्न पाउँदा मन प्रफुल्ल हुने भक्तजन फोहोरको डंगुरले नाक खुम्च्याउनुपर्ने अवस्था आउन नदिन सरसफाई अभियान चलाएको हौं’ अध्यक्ष सुनारले भने, ‘‘पर्यटकीय क्षेत्रमा डस्बिनको व्यवस्था गर्नसके वातावरण स्वच्छ हुनुका साथै पर्यटकको आगमन बढाउन सकिन्छ ।’’

हरेक शनिबार सरसफाइसंगै युवा पुस्ता लागूऔषधको लतमा फस्दै गएको भन्दै प्रबुद्वले लागूऔषधविरुद्व अभियान चलाउने भएको छ । जिल्ला प्रशासन, प्रहरी र स्थानीय सरकारसंगको सहकार्यमा लागूऔषधविरुद्व ‘सेभ द युथ’ कार्यक्रमलाई चलाउने तयारी भईरहेको अध्यक्ष सुनारले जानकारी दिए ।

विद्युतीय चुरोट ‘भेप’ र सुर्तिजन्य पदार्थ ‘गुटखा’को सेवनबाट युवाहरु लागूऔषध सम्मको यात्रामा पुगेको पाईएकाले लागूऔषध र सूर्तिजन्य पदार्थको सेवनबाट हुने क्षतिका बारेमा पनि युवा पुस्तासंगै उनीहरुका घरपरिवारलाई सचेतना जगाउन ‘सेच द युथ’ कार्यक्रम केन्द्रित हुने सुनारको भनाई छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->