पोखरा/सेवानिवृत्त राष्ट्रसेवक समाज नवलपुरको दोस्रो जिल्ला अधिवेशनबाट डा. नरनाथ पाण्डे पुनः अध्यक्षमा चुनिएका छन् ।
सर्वसम्मत चयन कार्यसमितिको उपाध्यक्षमा मदनप्रसाद अर्याल, सचिवमा देवराज भट्टराई र कोषाध्यक्षमा बाबुराम पौडेल रहेक छन् । कार्यसमिति सदस्यहरुमा जीतकुमारी चौधरी, सीतादेवी कँडेल, भोलाप्रसाद बस्ताकोटी, थम्मु गिरी, बलराम आचार्य, हेमबहादुर चन्द र विष्णुप्रसाद पण्डित रहेका छन् ।
समितिको लेखा संयोजकमा गिरीधारी भण्डारी, मध्यविन्दु नगर संयोजकमा खेमनारायण पौडेल र बुलिङ्गटार गाउँ संयोजकको जिम्मेवारी शालिकराम वाग्लेले पाएका छन् ।
उच्च अदालतका पूर्वन्यायाधीश ऋषिराम अधिकारीको प्रमुख आतिथ्यतामा सो अधिवेशन तथा चौथो साधारण सभा सम्पन्न भएको थियो ।
यो नेपालका सरकारी तथा संस्थान जस्ता निकायमा कार्य गरेका निजामती, जंगी, प्रहरी, स्थानीय निकाय, सरकारी स्वामित्व भएका सार्वजनिक विद्यालय तथा विश्वविद्यालय, बैंक, संस्थान, स्वास्थ्य, न्याय जस्ता आदि क्षेत्रहरूबाट सेवानिवृत्त भइ सरकारी कोषबाट पेन्सन सुविधा लिइरहेका व्यक्तिहरुको साझा संगठन हो ।
उद्घाटन सत्रकोसंचालन सचिव मदनप्रसाद अर्यालले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष शान्ति केसीले गरेकी थिइन् । संस्थाको सांगठनिक प्रतिवेदन डा. नरनाथ पाण्डे र कोषको प्रतिवेदन कोषाध्यक्ष बाबुराम पौडेलबाट प्रस्तुत भएको थियो ।
कार्यक्रममा विशेष अतिथिका रुपमा संस्थापक अध्यक्ष तथा सल्लाहकार संयोजक युक्तप्रसाद गौंडेल, पूर्वप्रहरी संगठनका जिल्ला अध्यक्ष तिलकराम देवकोटा, निवृत्त शिक्षक समाजका नवलपुर जिल्ला सचिव शालिकराम वाग्ले तथा संस्थापक सदस्य तथा जनप्रतिनिधि डोरमान गिरीलगायतको उपस्थिति थियो ।
कार्यक्रममा सेवानिवृत्त राष्ट्रसेवक मध्ये ज्येष्ठ सदस्य ११ जनालाई सम्मान गरिएको थियो भने आजीवन मासिक सहयोगदाता ओमप्रकाश पंगेनीलाई विशेष सम्मान गरिएको थियो ।
दोस्रो बन्दसत्रको कार्यक्रममा निर्वाचन मण्डलमा पूर्वन्यायाधीश ऋषि अधिकारीज्यूको संयोजकत्वमा सदस्य टंकप्रसाद अर्याल तथा सदस्य भोलानाथ आचार्यले निर्वाचन प्रक्रिया अघि बढाएका थिए ।





