शुक्रबार, भाद्र ५ २०८३

शुक्रबार, भाद्र ५ २०८३
  • ५ भाद्र २०८३ , शुक्रबार
  • August 21 2026

पाँच मिनेटमै सेवाग्राहीको हातमा नागरिकता

पाँच मिनेटमै सेवाग्राहीको हातमा नागरिकता

विगतमा झ्याल बाहिरबाट फाइल पेश गरेर लाइन बसेर लामो समय कुर्नुपरेको बताउँदै प्रमुख जिल्ला अधिकारी इश्वरी प्रसाद अर्यालले अब एकद्धार प्रणालीसँगै सबै अन्त्य भएको बताए ।


  • अर्जुन काफ्ले
  • बैशाख २५ २०८३, शुक्रबार

स्याङ्जा/जिल्ला प्रशासन कार्यालय स्याङ्जामा नागरिकता पाँच मिनेटमा पाउन थालेको छ । आवश्यक कागजात भएको सेवाग्राहीले नयाँ नागरिकता माग गरेको पाँचै मिनेटमा नागरिकता पाउन थालेका हुन् ।

प्रशासनले एकद्धार प्रणाली लागु गरेसँगै यहाँ नागरिकता लिन आउने सेवाग्राहीले सहज रुपमा छिटोछरितो नागरिकता पाएको प्रमुख जिल्ला अधिकारी इश्वरी प्रसाद अर्यालले बताए ।

यहाँ मेसिनबाट कुपन लिएर आफ्ना कागजात पेश गरेसँगै क्रमागत रुपमा काम सकिएर नागरिकता सेवाग्रहीले प्राप्त गर्ने अर्यालको भनाई थियो ।

यसअघि नागरिकता फाँटमा नयाँ र प्रतिलिपीसहित दुई कोठा रहेकोमा फुटाएर एक बनाइएको छ भने सेवाग्राहीको लागि कुर्ची राखेर बिश्राम गर्ने ठाउँ बनाएर सेवा दिन थालिएको छ ।

विगतमा झ्याल बाहिरबाट फाइल पेश गरेर लाइन बसेर लामो समय कुर्नु परेको बताउँदै अर्यालले अब एकद्धार प्रणालीसँगै सबै अन्त्य भएको बताए ।

झ्यालबाट फाइल पेश गरेर सेवा दिँदा बिचौलियाले पालो हेरफेर गर्ने अवस्था रहेको बताउदै अर्यालले त्यो समेत अन्त्य भएको दाबी गरे ।

यहाँ एक ठाउँबाट कागजात दिएसँगै काम सकिदै नागरिकता हस्ताक्षर भएपश्चात सेवाग्राहीले पाउन थालेका छन् ।

उनले कर्मचारीको अथक प्रयास र प्रशासनमा रहेको सिमित स्रोतका प्रयोग गरेर नयाँ प्रयास सफल भएको अर्यालको भनाई थियो ।

दुई बर्ष पहिलाबाट गृहमन्त्रालयको केन्द्रिकृत नागरिकता सुचना ब्यवस्थापन प्रणाली लागू भएको यस जिल्लामा वडाबाट जोडिएर आएको अनलाइन विवरणलाई स्विकृती गरेर शनाखत गरेसँगै सेवाग्राहीले नयाँ नागरिकता पाउने प्रशासकीय अधिकृत राजेन्द्र चापागाईले बताए ।

आफूले लाइनमा बसेर लामो सय कुरेर नागरिकता लिएको बताउँदै पुतलीबजार नगरपालिका–१४ की संगिता ढकालले छोराको नागरिकता पेस गर्ने बित्तिकै हातमा नागरिकता पाएको बताइन् । उनले कागजात पेश गरेर पाँच मिनेटमा छोराले नयाँ नागरिकता प्राप्त गरेको बताइन् ।

ढकाल जस्तै अर्जुन चौपारी–४ राम्चेकी अर्पिता चापागाईले आफू भारत बसेकाले शैक्षिक प्रमाण पत्रका समस्या हल गरेर छोटो समयमै नागरिकता प्राप्त गरेको बताइन् ।

नयाँ जस्तै प्रतिलिपी नागरिकता पेश गरेको सिफारिसको आधारमा पुरानो अभिलेख हेरेर
नागरिकता प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->