आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

६५.९८ प्रतिशत उत्तीर्ण, एक लाख ४६ हजारको ‘एनजी’

६५.९८ प्रतिशत उत्तीर्ण, एक लाख ४६ हजारको ‘एनजी’


  • ढोरपाटन संवाददाता
  • बैशाख २८ २०८३, सोमबार

काठमाडौं/राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक नतिजा अनुसार यस वर्ष देशभरबाट सहभागी भएका कुल विद्यार्थीमध्ये ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार यस वर्षको परीक्षामा कुल ४ लाख ३० हजार ६ सय ६७ जना विद्यार्थी सहभागी भएका थिए । जसमध्ये २ लाख ८४ हजार १६० जना विद्यार्थीले माथिल्लो कक्षामा भर्ना हुनका लागि आवश्यक ग्रेड प्राप्त गरेका छन् ।

ग्रेडगत विवरण
नतिजाको विश्लेषण गर्दा सबैभन्दा उच्च जीपीए अर्थात् ३.६० देखि ४.०० सम्म ल्याउने विद्यार्थीको सङ्ख्या ४८ हजार ३ सय ९२ रहेको छ ।
त्यस्तै, ३.२० देखि ३.६० जीपीए ल्याउने विद्यार्थी ८० हजार ३ सय ७२ जना रहेका छन्।

अन्य ग्रेड समूहको विवरण निम्नुअनुसार छ
२.८० देखि ३.२० जीपीएः ९४,२२२ जना
२.४० देखि २.८० जीपीएः ५५,९७७ जना
२.०० देखि २.४० जीपीएः ५,१९० जना
१.६० देखि २.०० जीपीएः ७ जना

१ लाख ४६ हजारको ’एनजी’

यस वर्षको नतिजामा १ लाख ४६ हजार ५ सय ७ जना विद्यार्थीले ‘एनजी’ (ल्यल–न्चबमभम) प्राप्त गरेका छन् ।

एनजी प्राप्त गर्ने विद्यार्थीहरूले पुनः ग्रेड वृद्धि परीक्षामा सहभागी हुनुपर्नेछ । बोर्डका अनुसार दुई विषयसम्म एनजी आउने विद्यार्थीका लागि तत्कालै ग्रेड वृद्धि परीक्षा सञ्चालन गरिनेछ भने सोभन्दा बढी विषयमा एनजी आउनेले अर्को वर्षको नियमित परीक्षामा सहभागी हुनुपर्ने प्रावधान रहेको छ ।

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको नतिजा विगतका वर्षहरूको तुलनामा सन्तोषजनक रहेको र शिक्षाको गुणस्तर सुधारोन्मुख देखिएको दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->