मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

अमरसिंह मावि अगाडिका ५१ व्यावसायिक सटर हटाइएपछिको दृश्य (फोटो फिचर)

अमरसिंह मावि अगाडिका ५१ व्यावसायिक सटर हटाइएपछिको दृश्य (फोटो फिचर)


  • लालप्रसाद शर्मा
  • जेष्ठ ५ २०८३, मंगलबार

पोखरा / पोखरा–१२ स्थित अमरसिंह माध्यमिक विद्यालयको खेलमैदान अगाडिको पृथ्वी राजमार्गसँग जोडिएको क्षेत्रमा सञ्चालित व्यवसायिक सटरहरू मंगलबार हटाइएको छ ।

शहरी सौन्दर्यीकरण अभियानअन्तर्गत महानगरपालिका, विद्यालय र व्यवसायीबीचको समन्वयपछि ५१ वटा सटर हटाइएको हो । टिनका टहरा बनाई लामो समयदेखि व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरूले जेठ ४ गतेसम्मको समयसीमा पाई आफ्ना सामान सुरक्षित रूपमा स्थानान्तरण गरेका थिए । खाली संरचनामा मङ्गलवार महानगरपालिकाले जेसिबी प्रयोग गरी भत्काएको हो । विद्यालयसँगको समन्वयमा व्यवसायीहरू आफैंले सटर हटाउन सहमति जनाएपछि अभियान सहज रूपमा सम्पन्न भएको महानगरपालिकाले जनाएको छ ।


महानगर प्रमुख धनराज आचार्यले लामो समयदेखि व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरूले अभियानलाई सहयोग गरेको भन्दै आभार व्यक्त गरेका छन् ।
२०३८ सालदेखि विद्यालयको जग्गामा भाडामा लगाइएका टहराहरू व्यवसायी, विद्यालय र वडाको सहमतिमा हटाइएको हो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->