आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

भदौ २४ गते कास्की कारागारवाट भागे, पूर्वी नवलपरासीमा २ जनाको हत्या गरे

भदौ २४ गते कास्की कारागारवाट भागे, पूर्वी नवलपरासीमा २ जनाको हत्या गरे


  • नारायण शर्मा
  • जेष्ठ १३ २०८३, बुधबार

नवलपुर/ जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते कास्की कारागारबाट भागेपछि एक कैदीले २ जनाको हत्या गरेको खुलेको छ ।

आपराधिक पृष्ठभूमि भएका ३१ वर्षीय सञ्जय विकले कारागारबाट भागेलगत्तै असोज १९ र गत चैत २३ गते गरी २ जनाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरिक्षक युवराज खड्काले जानकारी दिए ।

प्रहरीका अनुसार सञ्जय २०७२ साल असार २९ गते चोरी घटनामा दोषी ठहरिएका थिए । त्यति मात्र होइन, उनले २०८० साल मंसिर ५ गते कास्कीमा हत्या तथा डाका चोरी कसुरमा जन्मकैद सजाय पाएका थिए । कास्की हत्या घटनापछि बागलुङ गल्कोट वडा नम्बर ९ का स्थायी बासिन्दा सञ्जय भागेर गैंडाकोट नगरपालिका वडा नम्बर १० डेरा गर्न आए । सम्झनाचोकमा श्यामकुमारी श्रेष्ठको घरमा डेरामा बसे ।

प्रहरीले उनलाई नवलपरासीबाटै पक्राउ गर्‍र्यो । जेन(जी प्रदर्शनका क्रममा भदौ २४ गते उनी भागे, फेरि गैंडाकोट नै पुगे । २०८२ असोज १९ गते ७९ वर्षीया श्यामकुमारीको घर पुगे । कोठामा आगो लगाई श्यामकुमारीको ज्यान लिए र सुनका ५ तोलाजति गहनासमेत लुटे । प्रहरीले उक्त घटनाको अनुसन्धान जारी राख्यो तर क्लु भेट्न सकेन ।

२०८२ चैत २३ गते देवचुली नगरपालिका(१० टांगीकोटमा ७५ वर्षीय जिउनराम थनेत र ७१ वर्षीया श्रीमती गुलबसिनिया थनेतलाई हतियारले प्रहार गरी सुनका गरगहना लुटपाट भयो । उक्त घटनामा जिउनरामको ज्यान गयो भने गुलबसिनिया भने अहिले पनि उपचारकै क्रममा रहेको प्रहरी उपरिक्षक खडकाले जानकारी दिए ।

उक्त घटनाको अनुसन्धानमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), गण्डकी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरीको टोली अनुसन्धानमा खटियो । अनुसन्धानका क्रममा थनेत र श्रेष्ठको हत्या तथा लुटपाटमा एउटै व्यक्ति संलग्न रहेको संकेत भेटियो । अनुसन्धानका क्रममा सञ्जय नै दुवै घटनामा संलग्न रहेको पत्ता लागेको खडकाले जानकारी दिए । वैशाख १५ गते प्रहरीले सञ्जयलाई काठमाडौंको सुकेधाराबाट पक्राउ गरेको हो । प्रहरीले उनलाई सघाएको आरोपमा गैंडाकोट नगरपालिका १८ दमारकी २८ वर्षीया पुष्पादेवी सुर्पाकलाई समेत पक्राउ गरेको छ ।

एसपी युवराज खड्काका अनुसार सञ्जयले ठाउअनुसार आफ्नो फरक फरक परिचय दिदै हिँड्थे । अन्य घटनामा समेत उनी संलग्न भएको आशंकामा अनुसन्धान अघि बढाइएको एसपी खड्काले जानकारी दिए ।

जिल्ला अदालत पूर्वी नवलपरासीले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि सञ्जयलाई कारागार चलान गरिएको छ । सन्जय पक्राउ पर्नुलाई प्रहरीले ठुलो सफलता पाएको भनेको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->