शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

भाजपाको निमन्त्रणामा आज भारत जाँदै रवि, यस्तो छ भ्रमण सूची

भाजपाको निमन्त्रणामा आज भारत जाँदै रवि, यस्तो छ भ्रमण सूची

रास्वपाले आइतबार राति जारी गरेको विज्ञप्तिअनुसार रविले आज जेठ १८ देखि २२ गतेसम्म भारत भ्रमण गर्नेछन्। 


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १८ २०८३, सोमबार
रास्वपा सभापति रवि लामिछाने र भाजपा अध्यक्ष नितिन नवीन

काठमाडौं / सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज (सोमबार) भारत भ्रमणमा जाँदै छन्।

भारतको सत्ताधारी दल भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै रास्वपा सभापति लामिछाने आज भारत जाने भएका हुन्।

भारत भ्रमण टोलीमा रविसँगै उनकी पत्नी निकिता, पार्टीका सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहोरा र प्रदीप आचार्य पनि हुने छन्।

रास्वपाले आइतबार राति जारी गरेको विज्ञप्तिअनुसार रविले आज जेठ १८ देखि २२ गतेसम्म भारत भ्रमण गर्नेछन्।

सभापति लामिछानेले नयाँदिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने जानकारी रास्वपा प्रवक्ता मनीष झाले दिएका छन्।

साथै रविले भाजपाका शीर्ष नेतासँग छलफल गर्नेछन् भने भारतमा बसोबास गरिरहेका नेपाली र पार्टीका शुभेच्छुकहरूसँग भेटघाट पनि गर्नेछन्।

यसबिच रवि व्यक्तिगत भ्रमणमा अयोध्या जाने कार्यक्रम पनि छ।

यसैबिच भाजपाले पनि आइतबारै विज्ञप्ति जारी गरी रविको भारत भ्रमणबारे जानकारी गराएको छ।

जसमा रास्वपा प्रतिनिधिमण्डलले भाजपा अध्यक्ष नवीनसहित पार्टीका अन्य वरिष्ठ नेतासँग भेटवार्ता गर्ने उल्लेख छ।

रास्वपा सभापति आज दिउँसो १ बजे भारत प्रस्थान गर्ने कार्यक्रम रहेको बताइएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहले संसद्‌मा नेपाल-भारत सीमा विवादबारे विवादित अभिव्यक्ति दिएको भोलिपल्टै सत्तारूढ दलका प्रमुख रवि भारत भ्रमणमा जान लागेका हुन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->