शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

अमेरिकाले खसाल्यो इरानका ४ ड्रोन (भिडिओ सहित)

अमेरिकाले खसाल्यो इरानका ४ ड्रोन (भिडिओ सहित)

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनाको आक्रमणपछि इरानको मिसाइल क्षमता ह्वात्तै घटेको दाबी गरेका छन्। 


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २३ २०८३, शनिबार

काठमाडौं / अमेरिकाले आफ्नो सेनाले शनिबार गोरुक र केसम टापुमा रहेका इरानी राडार साइट्समा आक्रमण गरिएको बताएको छ।

अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) का अनुसार ‘पहिले इरानका चार आक्रमणकारी ड्रोनलाई होर्मुज स्ट्रेटमा खसालेर थप आक्रमण रोक्न राडार साइट्समा हमला गरिएको हो।’

उता इरानको आईआरजीसीले भने ‘होर्मुज स्ट्रेटनजिकै शत्रुका स्थानविरुद्ध मिसाइल आक्रमण सुरु गरिएको’ बताएको छ।

सेन्टकमका अनुसार इरानले कुवेत र बहराइनतर्फ सात ब्यालिस्टिक मिसाइल प्रहार गरेको छ, तर यीमध्ये छवटा आकाशमै रोकियो भने सातौँ मिसाइल आफ्नो लक्ष्यमा पुग्न असफल भयो।

इरानी राडार साइट्समा आक्रमणको भिडिओ

यसैबिच, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनाको आक्रमणपछि इरानको मिसाइल क्षमता ह्वात्तै घटेको दाबी गरेका छन्।

उनले भनेका छन्, ‘अब इरानसँग केवल २१-२२ प्रतिशत मिसाइल बाँकी छन्।’ यद्यपि न्युयोर्क टाइम्सको रिपोर्टअनुसार अमेरिकी गुप्तचर एजेन्सीले इरानले आफ्ना ३३ वटा मिसाइल साइटमध्ये ३० वटालाई पुन: सक्रिय पारिसकेको विश्वास गरेका छन्। उनीहरू भन्छन्, ‘अझै इरानसँग झन्डै ७० प्रतिशत मिसाइल छन्।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->