शुक्रबार, भाद्र ५ २०८३

शुक्रबार, भाद्र ५ २०८३
  • ५ भाद्र २०८३ , शुक्रबार
  • August 21 2026

रास्वपा स्याङ्जाको सभापतिमा भण्डारी

रास्वपा स्याङ्जाको सभापतिमा भण्डारी


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २५ २०८३, सोमबार

पोखरा/ राष्ट्रिय स्वतन्त्र पार्टी स्याङ्जाको सभापतिमा रुक्मांगत भण्डारी (विश्वास) विजयी भएका छन् । आइतबार सम्पन्न मतदानमा भण्डारीले निकटतम प्रतिस्पर्धी उपेन्द्र अर्याललाई पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन् । भण्डारीले २ सय ८४ मत प्राप्त गर्दा अर्यालले २४ मत मात्रै पाए ।

यसैगरी अन्य ३ प्रतिस्पर्धीलाई हराउँदै उपसभापतिमा उमा फुयाँल विजयी भइन् । उनले १ सय ४५ मत ल्याएर विजयी बन्दा निकटतम प्रतिस्पर्धी श्रीराम घिमिरेले १ सय मत पाए । शान्ता अर्यालले ३३ र रामप्रसाद भुसालले २६ मत प्राप्त गरे ।

बाँकी अन्य पदहरूमा भने सर्वसम्मत चयन भएको थियो । सचिवमा प्रसन्न पौडेल, सहसचिव टुकराज अर्याल सर्वसम्मत् भए भने सदस्यहरूमा पिताकुमारी खनाल, टङ्कप्रसाद न्यौपाने, देवीप्रसाद रेग्मी, डोलराज लम्साल र चण्डिका सापकोटा चयन भएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->