शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बेगनास तालमा छैटौं डुंगा दौड प्रतियोगिता हुने

बेगनास तालमा छैटौं डुंगा दौड प्रतियोगिता हुने


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २६ २०८३, मंगलबार

लेखनाथ/बेगनास ताल डुंगा व्यवसायी समितिको आयोजनामा यहि जेठ २७ गते लेखनाथको बेगनास तालमा छैटौं संस्करणको पुरुष तथा महिलातर्फ खुला डुंगा दौड प्रतियोगिता हुने भएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बेगनास तालबारे प्रचार प्रसार गर्ने, तालमा हुन सक्ने भवितव्य घटनाबारे सचेतनामूलक जानकारी दिने, बेगनास तालको महत्व बुझाउन तथा खेलको माध्यमबाट आन्तरिक पर्यटक भित्र्याउँदै यहाँको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ यो प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक बेगनास ताल डुंगा व्यवसायी समितिका अध्यक्ष नवराज बाँस्तोलाले जानकारी दिए ।

अध्यक्ष बाँस्तोलाका अनुसार पुरुषतर्फ बेगनास ताल डुंगाघाटबाट रातोटुंडा र कँडेलटुँडाको विच भागसम्म २ किमी दूरीमा तथा महिलातर्फ बेगनास ताल डुंगाघाटबाट पिप्लेटुँडासम्म १ किमी दुरीमा प्रतिस्पर्धा गराइने छ ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको प्रवद्र्धनमा हुने डुंगा दौड प्रतियोगितामा महिला तथा पुरुष दुवैतर्फ प्रथमले १५ हजार, द्वितीयले १० हजार, तृतीयले ५ हजार तथा सान्त्वनाले ३ हजारसहित प्रमाणपत्र र पुरस्कार प्राप्त गर्ने निर्णायक समितिका संयोजक एवं समितिका निवर्तमान अध्यक्ष रबिराज कँडेलले जानकारी दिए । प्रतियोगितामा पुरुष र महिलातर्फ गरि २२ टिमको सहभागिता रहने आयोजकको अपेक्षा छ । प्रत्येक टिममा तीनजना डुंगा चालक रहने छन् ।

प्रतियोगिता सफल पार्न बेगनास ताल डुंगा व्यवसायी समितिका अध्यक्ष नवराज बाँस्तोलाको अध्यक्षतामा मूल आयोजक समिति गठन गरि तयारी तिव्र पारिएको छ । प्रतियोगितामा सहभागी हुनको लागि टिम दर्ता निशुल्क गरिएको र यहि जेठ २६ गते मंगलबार दिउँसो ३ बजेसम्म टिम दर्ता गराउन सकिनेछ ।

प्रतियोगिता सम्पन्न गर्नको लागि करिब ५ लाख ५० हजार खर्चको अनुमान गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->