नवलपुर/ रास्वपा नवलपुरको सभापतिमा दोमन भण्डारी निर्वाचित भएका छन । उनले १४२ मत ल्याएर बिजयी भएका थिए भने प्रतिस्पर्धि गोकुल सापकोटाले १३९ मत प्राप्त गरेका थिए ।
मंगलवार बिहान घोषणा गरिएको मत परिणाम अनुसार उपसभापतिमा जगबहादुर राना, सचिवमा बिष्णु कंडेल, सहसचिव देबबहादुर परियार, सदस्यहरुमा यमकला पाण्डे, सुमित्रा नेपाल, सिता भुसाल, भागिरथा घर्तिमगर, भोजनारायण श्रेष्ठ निर्वाचित भएका छन । यहाको जिल्ला कार्यसमितिको सबै पदमा निर्वाचन भएको थियो ।
७ सय ५६ मतदाता रहेको नवलपुरमा सोमवार अबेर सम्पन्न मतदानमा ४ सय ३३ मत खसेको थियो ।





