आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

इरानले अमेरिकी हेलिकप्टर खसालेपछि इरानमाथि अमेरिकी आक्रमण

इरानले अमेरिकी हेलिकप्टर खसालेपछि इरानमाथि अमेरिकी आक्रमण

हर्मुज जलडमरूमध्य नजिक खसालिएको अमेरिकी एएच-६४ अपाचे हेलिकोप्टरका दुई चालकलाई भने अमेरिकी नौसैनिक मानवरहित समुद्री ड्रोनले उद्धार गरेको सेनाले जनाएको छ।


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २७ २०८३, बुधबार

काठमाडौं / दुईमहिना लामो युद्ध विराम पछि प्रत्यक्ष रुपमा अमेरिका र इरान आमुनेसामुने भएका छन्। इरानले ‘स्ट्रेट अफ हर्मुज’ माथि उडिरहेको अमेरिकी हेलिकप्टर खसालेपछि जवाफमा अमेरिकाले पनि इरानको विभिन्न स्थानमा आक्रमण गरेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाइलट सुरक्षित रहेको जानकारी गराउँदै अमेरिकाले यो आक्रमणको जवाफ दिने बताएका थिए। अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्टकम) का अनुसार मंगलबार साँझ ५ बजे (अमेरिकी पूर्वी समय) बाट इरानका विभिन्न सैन्य लक्ष्यहरूमा आक्रमण सुरु गरिएको हो। सेनाले यसलाई ‘इरानको अनुचित आक्रमणको समानुपातिक जवाफ’ भनेको छ।

हर्मुज जलडमरूमध्य नजिक खसालिएको अमेरिकी एएच-६४ अपाचे हेलिकोप्टरका दुई चालकलाई भने अमेरिकी नौसैनिक मानवरहित समुद्री ड्रोनले उद्धार गरेको सेनाले जनाएको छ। अमेरिकी सेनाले यस्तो प्रकारको ड्रोन प्रयोग गरेर उद्धार गरिएको सार्वजनिक रूपमा स्वीकारेको यो पहिलो घटना हो।

अमेरिकी अधिकारीहरूका अनुसार हेलिकोप्टरमाथि इरानले ड्रोनमार्फत आक्रमण गरेको थियो। अमेरिकी समाचार पोर्टल एक्सियसका अनुसार नयाँ आक्रमण मुख्य रूपमा इरानका रक्षा तथा राडार प्रणालीहरूलाई लक्षित गरेर गरिएको थियो।
इरानी सरकारी सञ्चारमाध्यमहरूले बन्दर अब्बास, क्वेस्म आइसल्यान्ड र सिरिक लगायतका क्षेत्रमा विस्फोटको आवाज सुनिएको बताएका छन। ट्रम्पले एबीसी सँग कुरा गर्दै ‘यो उनीहरूले हाम्रो हेलिकप्टरमाथि गरेको आक्रमणको प्रतिक्रिया हो। जवाफ बलियो र शक्तिशाली हुनुपर्थ्यो, र हामीले त्यही गरेका छौं।’

इरानको चेतावनी
इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकी आक्रमणको कडा प्रतिक्रिया दिँदै इरानले कुनै पनि आक्रमण वा धम्कीलाई जवाफविहीन नछाड्ने चेतावनी दिएका छन्। उनले समाजिक सञ्जाल एक्समा लेखे ‘युद्धभूमिमा पराजय भोगिसकेपछि अमेरिकाले हाम्रो दृढताको परीक्षा लिन खोजेको छ।’

वार्ता संकटमा
अमेरिका र इरानबीच जारी शान्ति वार्ताका प्रमुख इरानी प्रतिनिधि मोहमम्द बकिर क्वालिबाफले पनि प्रतिकारको संकेत दिएका छन्। उनले भने ‘हामी कूटनीतिक भाषालाई प्राथमिकता दिन्छौँ, तर अन्य भाषा झन् राम्रोसँग बोल्न जान्दछौँ। यदि तपाईंले आफ्ना प्रतिबद्धता तोड्नुभयो भने, हामी आफूलाई सबैभन्दा राम्रो आउने भाषामा बोल्नेछौँ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->