शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पहिला पहेँलो कार्ड देखाइयो पछि फिर्ता लिएर नाटक गर्नेलाई दिइयो

पहिला पहेँलो कार्ड देखाइयो पछि फिर्ता लिएर नाटक गर्नेलाई दिइयो

चार खेलमा ३ रातो र १५ पहेँलो कार्ड देखाइयो


  • विजय नेपाली
  • जेष्ठ ३० २०८३, शनिबार
TORONTO, ONTARIO - JUNE 12: Michael Buble performs during the Parade of Nations before the FIFA World Cup 2026 Group B match between Canada and Bosnia and Herzegovina at Toronto Stadium on June 12, 2026 in Toronto, Ontario. (Photo by Ezra Shaw - FIFA/FIFA via Getty Images)

भिएआरको निर्णयपछि अमेरिकन कप्तान रीमलाई दिइएको पहेँलो कार्ड फिर्ता लिइयो र लडेको नाटक गरेका उनै पाराग्वेका मिडफिल्डर मगुएललाई पहेँलो कार्ड दिइयो ।

 

पाेखरा / फिफा विश्वकपमा आयोजक अमेरिका र पाराग्वे बीचको खेलमा एउटा रोचक घटना घट्यो । अमेरिकाको लस एन्जल स्टेडियममा शनिबार विहान भएको खेलमा घरेलु टोली अमेरिकाले ४–१ को जित हासिल गर्दै सुखद् सुरुवात ग¥यो ।

अमेरिकाले जित्दै गर्दा रोचक घटना भयो । खेलको ५२ औं मिनेटमा अमेरिकाका कप्तान टिम रीमले पाराग्वेका मिडफिल्डर मगुएल आल्मिरोनलाई पेनाल्टी बक्स नजिकै लाडाए । डच रेफ्री ड्यानी माकेलीले अमेरिकाका कप्तान रीमलाई पहेँलो कार्ड देखाएका थिए । लगत्तै पाराग्वेले फ्रिकीक प्रहार ग¥यो ।

यत्तिकैमा रेफ्रीले सिठ्ठी फुके र फ्रिकीकलाई मान्यता दिएनन् । गलत पहिचान भन्दै भिएआर (भिडियो असिस्टेन्ट रेफ्री) मार्फत निर्णय उल्टाइयो । भिएआरको निर्णयपछि अमेरिकन कप्तान रीमलाई दिइएको पहेँलो कार्ड फिर्ता लिइयो र लडेको नाटक गरेका उनै पाराग्वेका मिडफिल्डर मगुएललाई पहेँलो कार्ड दिइयो ।

फिफाले यहि विश्वकपदेखि लागू गरेको नयाँ नियम मिस्टेक आइडिन्टिटी (गलत पहिचान) अन्तर्गत पहिलो पहेँलो कार्डमा पनि भीएआर रेफ्रीलाई सच्याउन सक्ने व्यवस्था गरेको छ । सोही व्यवस्थाअनुसार फ्रिकीक प्रहार गरिसकेको अवस्थामा समेत भिएआरको मद्धतमा भिडियो रिप्ले गरेर हेर्दा जानीजानी लडेको देखिएको थियो । ५३ औं मिनेटमा पहेँलो कार्ड फिर्ता लिएर उल्टै डाइभिङ गरेकोमा पराग्वेका मगुएललाई पहेँलो कार्ड दिइएको थियो । यो घटना फिफा विश्वकप इतिहासमै गलत पहिचानको नयाँ नियम प्रयोग गरेर पहेँलो कार्ड फिर्ता लिइएको पहिलो निर्णय बनेको छ ।

उक्त खेलमा कुल ७ कार्ड देखाएपनि अमेरिकी कप्तान रीमको कार्ड फिर्ता भएकाले ६ कार्डमात्रै देखाइयो । पाराग्वेका जुआन जोस कासेरेस (१० औं मिनेट), अल्मिरोन (५३ औं मिनेट), डिएगो गोमेज (७९ औं मिनेट), एलेक्स आर्क (८६ औं मिनेट) र जुनियर एलोनसो (९० औं मिनेट) ले कार्ड पाएका थिए । अमेरिकाका एडम्सले ५९ मिनेटमा कार्ड पाएका थिए ।

जारी विश्वकपमा चार खेल सम्पन्न हुँदा ३ रातो र १५ पहेँलो कार्ड देखाइएको छ । विश्वकप इतिहासमै पहिलो पटक उद्घाटन खेलमै ३ वटा रातो कार्ड देखाएको यो पहिलो घटना हो ।

आयोजक मेक्सिको र साउथ अफ्रिका बीचको खेलमा तीन वटा रातो कार्ड देखाइएको थियो । साउथ अफ्रिकाका दुई र मेक्सिकोका एक खेलाडीले रातो कार्ड पाएका थिए । खेलको ४९ औं मिनेटमा साउथ अफ्रिकाका याया सिथोले ले पहिलो रातो कार्ड पाएको थियो । यस्तै ८४ औं मिनेटमा थेम्बा वानेले रातो कार्ड पाएका थिए । उनी ६१ औं मिनेटमा ज्याडेन एडम्सको स्थानमा मैदान प्रवेश गरेका थिए । यस्तै मेक्सिकोका कप्तान सिजर मोन्टेसले ९० औं मिनेटमा रातो कार्ड पाएका थिए ।

साउथ अफ्रिकाका अन्य २ र मेक्सिकोका १ खेलाडीले पहेँलो कार्ड पाएका थिए । खेलको १७ औं मिनेटमा साउथ अफ्रिकाका टेवोहो मोकेनाले पहेँलो कार्ड पाएका थिए । २३ औं मिनेटमा मेक्सिकोका ब्रेन गुटिरेर्जले तथा ७४ औं मिनेटमा साउथ अफ्रिकाका एन्कोसिनाथी सिविसीले पहेँलो कार्ड प्राप्त गरे । उक्त खेल मेक्सिकोले २–० ले जितेको थियो । मेक्सिकोका लागि खेलको नवौं मिनेटमा एरिक लिराको पासमा जुलियन क्विनेसले गोल गरेका थिए भने ६७ औं मिनेटमा रोर्बेटो आल्भाराडेकको पासमा जिमिनेजले गोल गरेका थिए ।

यस्तै साउथ कोरिया र चेक रिपब्लिकबीचको खेलमा एक पहेँलो कार्ड देखाइएको थियो । कोरियाले २–१ को जित हासिल गरेको उक्त खेलको ९० औं मिनेटमा इ ह्युक लिले पहेँलो कार्ड पाएका थिए । चेक रिपब्लिकले ५९ औं मिनेटमा लाडिस्लाभको गोलमा अग्रता लिएपनि जोगाउन नसक्दा हार व्यहोरेको थियो । ६७ औं मिनेटमा कोरियका इन वेओम वाङले बराबरी गोल गरेका थिए भने ८० औं मिनेटमा इयोन यु ओले गोल गर्दै जित दिलाएका थिए ।

उता १–१ गोलको बराबरीमा रोकिएको क्यानडा र वोस्निया–हि बीचको खेलमा कुल पाँच वटा पहेलो कार्ड देखाइएको थियो । क्याडाका २ र बोस्नियाका ३ खेलाडीले पहेँलो कार्ड पाएका थिए । क्यानडाका अलिस्टेर जोन्सटोन ११ औं मिनेटमा लुक डे फोगुरोलेसले ५३ औं मिनेटमा पहेँलो कार्ड पाएका थिए । बोस्नियाका एर्मेडिन डेमिरिभिक र जोभो लुकेसले ४५ औं मिनेटमा र निकोला काटिसले ९० औं मिनेटमा पहेँलो कार्ड पाएका थिए । बोस्नियाका जोभो लुकेसले २१ औं मिनेट र क्यानडाका साइले लारिनले ७८ औं मिनेटमा गोल गरेका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->