
पाेखरा / नेसनल प्याब्सन कास्कीले आयोजना गरेको तेस्रो विद्यालय स्तरीय बुद्धिचाल प्रतियोगित सम्पन्न भएको छ ।
विद्यार्थीका अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगितामा एन प्याब्सनमा आवद्ध विद्यालयबाट छात्रतर्फ ३३ र छात्रा तर्फ २८ जनाको सहभागिता रहेको थियो ।
प्रतियोगितामा छात्रतर्फ साइनिङ स्टार बोर्डिङ स्कुलकाशिशिर पौडेल प्रथम, लाविन रेसिडेन्सीयल स्कूलका एरोन तिमिल्सिना द्वितीय तथा गण्डकी एकेडेमी कास्कीका संयोग न्यौपाने र नेशनलक्रियशन एकेडेमीका कुशल श्रिमाली तृतीय भए ।
त्यसैगरी छात्रातर्फ गण्डकी एकेडेमी कास्कीकी सृष्टि न्यौपाने प्रथम, ज्ञानज्योति विद्याकुञ्ज माविकी जेशिका गुरुङ द्धितीय तथा कास्की मोडनाइज्ड एकेडेमीकी ग्रिष्मा सापकोटा र न्यू ग्यालेक्सी सेकेण्डरी स्कुलकी स्वेच्छा प्रधान तृतीय भए । विजय विद्यार्थी तथा विद्यालयलाई पुरस्कार प्रदान गरिएको थियो ।





