शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

स्विट्जरल्याण्डको गोलमा कतारलाइ अंक, कतारले विदेशी भूमिमा पहिलो पटक विश्वकप खेल्यो

स्विट्जरल्याण्डको गोलमा कतारलाइ अंक, कतारले विदेशी भूमिमा पहिलो पटक विश्वकप खेल्यो

स्विट्जरल्याण्डले विश्वकपको आफ्नो सुरुवाती खेलहरूमा विगत ७ खेल देखि अपराजित रहेको कीर्तिमानलाई कायम राख्यो


  • विजय नेपाली
  • जेष्ठ ३१ २०८३, आइतबार

पोखरा / सन् २०२२ मा कतारले विश्वकपको आयोजना ग¥यो । आयोजक राष्ट्र भएकाले कतारले सोझै विश्वकप खेलेको थियो । यस पटकको विश्वकप भने कतारको इतिहासमै पहिलो पटक आफ्नो भूमि बाहिर खेलेको पहिलो विश्वकप रह्यो ।

शनिबार राती भएको खेलमा कतारले विश्वकपमा आफ्नो पहिलो खेल स्विट्जरल्याण्डसंग खेल्यो । खेल १–१ गोलको बराबरीमा रोकियो । स्विट्जरल्याण्ड विरुद्धको खेलमा कतारले गोल गर्नै परेन । कतार विरुद्ध अग्रता लिएको स्विट्जरल्याण्डले कतारलाई उपहार गोल दियो । अर्थाता स्विट्जरल्याण्डको आत्मघाती गोलमा कतारसंग १–१ को बराबरी खेल्यो ।

उक्त खेलमा स्विट्जरल्याण्डले खेलभरि कुल २५ पटक गोल गर्ने प्रयास गरेपनि फिनिसिङमा भने चुकिरह्यो । खेलभर दबदबा कायम राखेको स्विट्जरल्याण्डले फिनिङ गर्न नसक्दा जितबाट चुकेको हो ।

खेलको दोस्रो मिनेटमै स्विट्जरल्याण्डका डिफेन्डर म्यानुएल आकान्जीको गल्तीको फाइदा उठाउँदै कतारका एडमिल्सन जुनियरले गोल गर्ने सुनौलो अवसर खेर फाले । उनको प्रहारलाई स्विस गोलकिपर ग्रेगोर कोबेलले बचाउ गरे ।

१७ औं मिनेटमा स्ट्जिरल्याण्डले पेनाल्टी मार्फत गोल ग¥यो । जारी विश्वकपको यो पहिलो पेनाल्टी समेत हो । कतारका गोलकिपर महमुद अबुनादाले पेनाल्टी बक्सभित्र रेमो फ्रुइलरलाई लडाएपछि स्विट्जरल्याण्डले पेनाल्टी प्राप्त गरेको थियो । उक्त पेनाल्टीलाई ब्रेल एम्बोलोले गोलमा परिणत गर्दै स्विस टोलीलाई अग्रता दिलाएका थिए ।

जिततर्फ उन्मुख भएको स्विस टोलीले ९० औं मिनेटमा आत्मघाती गोल गर्दा अंक बाड्न बाध्य भएको हो । कतारका होमाम अहमदको क्रसलाई रोक्ने क्रममा स्विस खेलाडी मिरो मुहेमले आफ्नै गोलकिपर ग्रेगोर कोबेललाई छक्याउँदै आत्मघाती गोल गर्न पुगेका थिए । जुन स्विस टोलीका लागि दुर्भाग्यपूर्ण बन्यो ।

यो बराबरीसंगै स्विट्जरल्याण्डले विश्वकपको आफ्नो सुरुवाती खेलहरूमा विगत ७ खेल देखि अपराजित रहेको कीर्तिमानलाई कायम राख्यो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->