शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गैंडाकोट खानेपानी संस्थामा कांग्रेस एमालेको प्यानल बिजयी

गैंडाकोट खानेपानी संस्थामा कांग्रेस एमालेको प्यानल बिजयी

गत संसदिय निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले यहाका दुई वटै निर्वाचन क्षेत्रमा अत्यधिकमतले बिजयी भएपछि जिल्ला तहका सबैजसो संघसंस्थामा रास्वपा बिरुद्ध अन्य दल एक भएर निर्वाचनमा होमिने गरेका छन ।


  • नारायण शर्मा
  • जेष्ठ ३१ २०८३, आइतबार

नवलपुर/ स्थानिय तहको झल्को दिनेगरि सम्पन्न गैडाकोट पम्पिङ स्कीम तथा खानेपानी उपभोक्ता संस्थाको निर्वाचनमा कांग्रेस एमालेको संयुक्त प्यानल बिजयी भएको छ ।

गत संसदिय निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले यहाका दुई वटै निर्वाचन क्षेत्रमा अत्यधिकमतले बिजयी भएपछि जिल्ला तहका सबैजसो संघसंस्थामा रास्वपा बिरुद्ध अन्य दल एक भएर निर्वाचनमा होमिने गरेका छन ।

आइतवार सम्पन्न खानेपानीको मत परिणाम अनुसार कांग्रेस एमालेको संयुक्त प्यानलले लेखा समिति सहित सबै सिटमा बिजय हात पारेको हो ।

निर्वाचन समितिका संयोजक अधिबक्ता जनक ढुङ्गानाले दिएको जानकारी अनुसार संस्थाको अध्यक्षमा नेपाली काग्रेसका विपिनभक्त अधिकारीले १४१४ मत सहित विजयी भएका छन । उनले रास्वपाका उम्मेदवार ज्ञानेन्द्र सापकोटालाई पराजित गरेका थिए । सापकोटाले ६४६ मतमा चित्त बुझाएका छन ।

त्यस्तै, उपाध्यक्षमा नेकपा एमालेका कृष्णप्रसाद काफ्लेले रास्वपाका कृष्णप्रसाद पौडेललाई पराजित गरे । काफलेले ८६० मत पाएका थिए भने पौडेलले ५४४ मत पाएका थिए ।

त्यसैगरि सचिवमा काग्रेसका दामोदर तिवारीले रास्वपाका रविन्द्रराज घिमिरेलाई पराजित गरेका छन । तिवारीले ८४४ मत पाए भने घिमिरेले ७९८ मत पाएका थिए ।

एता कोषाध्यक्षमा एमालेका श्रीराम सुवेदीले रास्वपाकी इश्वरा शर्मा भट्टराईलाई पराजित गरेका थिए । जिल्लाका सबै जसो संघसंस्था, वन, स्कुल र कलेजमा समेत कांग्रेस,एमाले र अन्य दल मिलेर रास्वपा बिरुद्ध उम्मेदवारी दिने गरेका छन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->