शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

शिक्षक सरुवासम्बन्धी ३ बुँदे निर्देशन जारी

शिक्षक सरुवासम्बन्धी ३ बुँदे निर्देशन जारी

जिल्लान्तर र अन्तर स्थानीय तह सरुवामा रोक


  • ढोरपाटन संवाददाता
  • असार १ २०८३, सोमबार

काठमाडौं / शिक्षा मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव श्रोत विकास केन्द्र शिक्षक व्यवस्थापन समन्वय महाशाखा भक्तपुरले शिक्षक सरुवा सम्बन्धी ३ बुँदे निर्देशन दिएको छ ।

देशभरका स्थानीय तहहरूलाई सोमबार पत्र लेख्दै महाशाखाले स्थायी पदपूर्तिका लागि शिक्षक सेवा आयोगमा माग गरिएको पदमा जिल्लान्तर तथा अन्तर स्थानीय तह सरुवा गरी पदपूर्ति नगर्न निर्देशन दिएको छ ।

महाशाखाले खुद पुल दरबन्दी रहेका स्थानीय तहको हकमा उक्त खुद पुल दरबन्दीको शिक्षक पदमा सरुवा गर्न भनेको छ । त्यसबाहेक ७५ प्रतिशत कार्यसम्पादन मूल्याङ्कनका आधारमा हुने बढुवाका लागि निवेदन पेस गरेका सम्भाव्य उम्मेदवारको हकमा बढुवाको नतिजा प्राप्त नभएसम्म सरुवा सहमति नदिन स्थानीय तहलाई निर्देशन दिएको छ ।

723240149_1486713525988821_578679389538495355_n

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->