शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

४० वर्षमा डेब्यु विश्व विजेतामाथि बाधक

४० वर्षमा डेब्यु विश्व विजेतामाथि बाधक

रकम अभावकै कारण उनले विश्वकप हेराउन आफ्नो आमालाई ल्याउन सकेनन् ।


  • ढाेरपाटन संवाददाता
  • असार २ २०८३, मंगलबार

पोखरा / ‘किपर कस्तो चुम्बक जस्तो…’ नेपाली फुटबल समर्थकले फुटबलमा गोलरक्षक राम्रो भएमा लगाउने नारा हो यो । अहिले यो नाराले विश्वकपमा समेत सार्थकता पाएको छ । सोमबार सबैको चासो स्पेनको खेलमा थियो ।

बार्सिलोनाका युवा स्टार लामिन यामलले स्पेनबाट पहिलो विश्वकपमा डेब्यु गर्नेमा सबैको नजर थियो । स्पेनको प्रतिद्धन्द्धी थियो केप भर्ड । स्पेनलाई २०२४ को युरो कप च्याम्पियन बनाएका नाइके लामिन यामल चोट पछि पहिलो खेल खेल्ने निश्चित थियो । प्रशिक्षक लुइस डे ला फुएन्टेले उनलाई दोस्रो हाफमा मैदान प्रवेश गराए ।

पहिलो हाफमा केप भर्डेसंग गोलरहित बराबरी खेलेको स्पेनले दोस्रो हाफमा समेत नतिजा निकाल्न सकेन । लामिन यामल झै केप भर्डेका लागि समेत ४० वर्षिय गोलरक्षक भोजिन्हा ( पुरा नाम जोसिमार जोसे डियास) डेब्यु गर्दै थिए । एक पटकको विश्व विजेता स्पेनलाई गोलरहित बराबरीमा रोक्नका लागि उनै भोजिन्हा नायक बने ।

उत्कृष्ट प्रदर्शन गर्दै प्लेयर अफ दी म्याच बनेका भोजिन्हाले स्पेनका कयौं प्रयासलाई विफल बनाए । स्पेनका प्रहारहरूलाई विफल पार्दै ७ वटा स्पेनको सुनौलो गोलको अवसरमा उत्कृष्ट बचाउ गर्दै सनसनी मच्याए । देशलाई विश्वकपको पहिलो खेलमै ऐतिहासिक ०–० को बराबरी दिलाउन मुख्य भूमिका खेलेका थिए । चुम्बक झै उभिए र जालीभित्र छिर्न दिएनन् ।

खेल सकिएलगत्तै उनी निकै भावुक बने । मैदानमै रोएका थिए । सञ्चारमाध्यमहरूसँग कुरा गर्दै उनले आफ्ना आमा खेल हेर्न आउन नपाउनुको पीडा समेत सुनाएका थिए । आर्थिक अवस्था कम्जोर रहेको उनको परिवार खेल हेर्न अाउन सकेनन् । अमेरिकी सरकारले केप भर्डका नागरिकका लागि लागू गरेको कडा भिसा नियम लागु गरेको थियो । अमेरिकाले १५ हजार डलर धितो राख्नुपर्ने भएपछि समयमा भिसा पाउन पाइनन् ।

२५ वर्षको उमेरमा व्यावसायिक फुटबल खेल्न सुरु गरेका भोजिन्हाको स्पेन विरुद्धको खेलपछि इन्स्टाग्राममा समेत फलोअर्स ह्वात्तै बढेको छ । ५० हजार फलोअर्स रहेको उनको १० घण्टामै ५० लाख पुगेको थियो । विश्वकप इतिहासमा डेब्यू गर्ने उनी दोस्रो सबैभन्दा जेठो खेलाडी हुन् । यसअघि सन् २०१८ मा इजिप्टका एस्साम एल–हडारीले ४५ वर्षको उमेरमा डेब्यू गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->