पोखरा / अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले फिफा विश्वकपमा पहिलो ह्याट्रिक गोल गरेका छन् । अर्जेन्टिना विरुद्धको खेलमा उनको ह्याट्रिकमा अल्जेरियालाई अर्जेन्टिनाले ३–० ले हराएको छ । मेस्सीले यस अघिका विश्वकपहरुमा २ गोलसम्म गरेपनि ह्याट्रिक गर्न भने सकेका थिएनन् । यो ह्याट्रिकसँगै उनले अर्जेन्टिनाका लागि अन्तर्राष्ट्रिय फुटबलमा आफ्नो ११ औं ह्याट्रिक पनि पूरा गरेका छन् ।
३८ वर्षीय कप्तानले आफ्नो २०० औं अन्तर्राष्ट्रिय खेल र कीर्तिमानी छैटौं विश्व कप खेलिरहेका मेस्सी पुनः एकपटक फुटबल जगतको केन्द्रविन्दु बने । खेलको १७ औं मिनेटमा मेस्सीले मिडफिल्डमा बल नियन्त्रणमा लिँदै अगाडि बढाउँदै करिब २५ यार्डको दुरीबाट गरेको प्रहारले जाली चुमेको थियो । अल्जेरियाका गोलरक्षक लुका जिदानले दुवै हातले बल छुने प्रयास गरे पनि त्यसलाई रोक्न सकेनन् । ६० औं मिनेटमा उनले दोस्रो गोल गरे । ७६ औं मिनेटमा उनले ह्याट्रिक पुरा गरे ।
यो संगै मेस्सीले पुरुष विश्व कपको इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी मिरोस्लाभ क्लोसेको १६ गोलको कीर्तिमानसँग बराबरी गरेका छन् । जुन उनको खेल जीवनको अर्को एउटा उत्कृष्ट कोसेढुङ्गा हो । मेस्सीले २० वर्ष अघि सन् २००६ मा आजकै दिन आफ्नो डेब्यु खेलमा पहिलो गोल गरेका थिए । संयोग २० वर्षपछि पहिलो ह्याट्रिक गरेका छन् ।
उता फ्रान्सले पनि एम्बाप्पेको २ गोलको मद्धतमा सेनेगललाई ३–१ ले हराएको छ । सेनेगलविरुद्धको पहिलो हाफमा खासै राम्रो सुरुवात गर्न सकेन । दोस्रो हाफमा भने एम्बाप्पेले निकै उत्कृष्ट प्रदर्शनी गर्दै टोलीका लागि २ गोल गरे । खेलको ६६ औं मिनेटमा उनले पहिलो गोल गरे । माइकल ओल्सीको पासमा उनले गोल गरे ।
८२ औं मिनेटमा परिवर्तित खेलाडी ब्राडले बार्कोलाले गोल गरे । उनी गोल गर्नु २ मिनेटअघि मात्रै डेम्बेलाको स्थालनमा मैदान प्रवेश गरेका थिए । ९० औं मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गरे । अतिरिक्त समयमा एमबाएले सेनेगलका लागि एक गोल गरे ।
यस्तै नर्वेले इराकलाई ४–१ ले हराएको छ भने अष्ट्रिया ले जोर्डनलाई ३–१ ले हराएको छ ।





