शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कक्षा १२ को नतिजा सार्वजनिक, नियमिततर्फ ६९.७५ विद्यार्थी ग्रेडेड

कक्षा १२ को नतिजा सार्वजनिक, नियमिततर्फ ६९.७५ विद्यार्थी ग्रेडेड


  • ढाेरपाटन संवाददाता
  • असार ५ २०८३, शुक्रबार

पोखरा / राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसएलसीई) अर्थात् कक्षा १२ को नतीजा शुक्रबार सार्वजनिक गरेको छ ।

आजै बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले नतीजा सार्वजनिक गरेको हो । सार्वजनिक नतीजा अनुसार नियमतितर्फ ३ लाख ३२ हजार २४१ जना परीक्षामा सहभागी भएकोमा २ लाख ३१ हजार ७७० जना अर्थात् ६९.७५ विद्यार्थी ग्रेडेड भएका छन् । बाँकी १ लाख ४७१ जना ननग्रेड भएका छन् ।

३.६१ देखि ४ जीपीए ल्याउनेको संख्या १७ हजार ७८६ जना छन । यसैगरी ३.२१ देखि ३.६० जीपीए ल्याउनेको संख्या ६४ हजार ८२१ जना, २.८१ देखि ३.२० जीपीए ल्याउने ९४ हजार २४९ जना विद्यार्थी रहेका छन् । त्यस्तै २.४१ देखि २.८० सम्म जीपीए ल्याउनेको संख्या ५० हजार ५९७ जना र २.०१ देखि २.४० जीपीए ल्याउनेको संख्या ४ हजार ३०८ र १.६१ देखि २ सम्म जीपीए ल्याउनेको संख्या ९ जना रहेको छ ।

आंशिकतर्फ ८५ हजार ९२९ जना विद्यार्थी सहभागी भएकामा ३६ हजार ४२० जना अर्थात ४२.३८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् । समग्रमा नियमति र आंशकि गरी ४ लाख १८ हजार १७० जना विद्यार्थीले परीक्षा दिएका थिए । नियमित र आंशिक जोड्दा भने ग्रेडेड प्रतिशत ६४.१३ प्रतिशत हुन्छ । नियमिततर्फ ३० र आंशिकतर्फ १० गरी ४० जनाको परीक्षा रद्द गरिएको छ ।

सरकारले परीक्षा सकिएको ४५ दिनभित्र नतिजा प्रकाशन गर्न निर्देशन दिएकामा बोर्डले ४० दिनभित्रै प्रकाशन गरेको हो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->