पोखरा / राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको कक्षा १२ को नतिजामा पोखराको मदरल्याण्ड माध्यमिक विद्यालयका ११ जना विद्यार्थीले ३.९६ जिपिए ल्याउन सफल भएका छन्। गत वर्ष पनि यस विद्यालयका १२ जना विद्यार्थीले ३.९६ जिपिए ल्याएर नेपाल टप गरेका थिए ।
यसपटक ३.९६ जिपिए ल्याउनेमा १ जना व्यवस्थापनतर्फबाट दृश्या घिमिरे र १० जना विज्ञान संकायका विद्यार्थी रहेका छन् । विज्ञानतर्फ आशिष बस्ताकोटी, दीक्षा घिमिरे, इक्युटी पौडेल, जस्मिन बोहोरा, कृपा बराल, कृस्टिना पौडेल, मिजल पराजुली, रेडियस पोखरेल, सम्पूर्ण शर्मा र श्रेया तामाङले ३.९६ जिपिए ल्याएका छन् । यीमध्ये आशीष, इक्युटी, कृपा र रेडियसले एसईई परीक्षामा ४ जिपिए हासिल गरेका थिए ।
विद्यालयबाट परीक्षामा सहभागी ४०७ जनामध्ये ४०३ जना अर्थात् ९९.०२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका प्लस टु इन्चार्ज नारायण आचार्यले बताए । उनका अनुसार २०८ जना विद्यार्थीले ३.६० भन्दा माथि जिपिए ल्याएका छन् । त्यसैगरी १४३ जनाले ३.२० देखि ३.६० सम्म र ४६ जनाले २.८० देखि ३.२० सम्म जिपिए प्राप्त गरेका छन् । ६ जना विद्यार्थीको २.४२ देखि २.८० सम्म जिपिए आएको छ ।
विद्यालयका प्राचार्य डा नारायण बरालले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई बधाई दिएका छन् ।





