तर एम्बाप्पे मेस्सीसँगको प्रतिस्पर्धा वा गोल्डेन बुट जित्ने दौडबारे सोचिरहेका छैनन् । एम्बाप्पेले भने, ‘अहिले म त्यसबारे सोचिरहेको छैन। हाम्रो लागि टिमको एकता महत्वपूर्ण छ, जसले हामीलाई हाम्रो बलमा आत्मविश्वासी बनाउँछ ।’
पोखरा / जर्मनीका मिरोस्लाभ क्लोसेको कीर्तिमानी भंग गर्दै अर्जेनटिनाका कप्तान लियोनल मेस्सीले फिफा विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । यसअघि जर्मनका क्लोसेको नाममा १६ गोलको कीर्तिमानी रहेको थियो ।
सोमबार राती अष्ट्रीया विरुद्ध २ गोलगरेसंगै मेस्सी फिफा विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका हुन् । उनले विश्वकपमा कुल २८ खेल खेल्दा १८ गोल गरेका छन् ।
उता फ्रान्सका युवा फरवार्ड किलियन एम्बाप्पेले भने मेस्सीलाई पछ्याइरहेका छन् । इराक विरुद्ध २ गोल गर्दै एम्बाप्पेले १६ गोलको कीर्तिमानीलाई बराबरी गरेका छन् ।

( तस्वीर ः फिफाकाे फेसबुक पेजबाट लिइएकाे हाे ।)
अब एम्बाप्पे मेस्सी भन्दा २ गोलले पछि छन् । तर, एम्बाप्पले भने १६ खेलमै १६ गोल पु¥याएका छन् । उनले मेस्सीले भन्दा कम खेलमै कीर्तिमानीको बराबरी गर्न सफल भएका हुन् । तथापी मेस्सीलाई भेट्न भने सकेका छैनन् ।
मेस्सीले जारी विश्वकपमा २ खेलमा ५ गोल गरेका छन् । उनले पहिलो खेलमा अल्जेरीया विरुद्ध ह्याट्रिक समेत गरे । जुन उनको विश्वकप इतिहासकै पहिलो ह्याट्रिक समेत थियो । यस्तै अष्ट्रिया विरुद्ध पेनाल्टीमा चुकेका उनले २ गोल गरे । उक्त खेलमा पेनाल्टीमा चुक्दा ह्याट्रिकबाट चुकेका हुन् । उता फ्रान्सका एम्बाप्पेले २ खेलमा ४ गोल गरेका छन् । उनले सेनेगल विरुद्ध २ तथा इराक विरुद्ध २ गोल गरेका छन् ।
जारी विश्वकपमा अर्जेन्टिना र फ्रान्सले आफ्नो अपराजित यात्रालाइ कायम राखिरहेको अवस्थामा यो कीर्तिमानीमा गोलको संख्या बढ्न सक्ने समेत दिएको छ ।
जर्मनीका मिरोस्लाभ क्लोसेको २४ खेल खेल्दै १६ गोल गरेका थिए । ब्राजिलका रोनाल्डोले १९ खेल खेल्दै १५ गोल, जर्मनीकै गर्ड मुलरको नाममा १४ गोल रहेको छ । फ्रान्सका जस्ट फोन्टेनले ६ खेल खेल्दै १४ गोल गरेका थिए । ब्राजिलका पेलेको नाममा १४ खेलमा १२ गोल रहेको छ । यस्तै पोर्चुगलका कप्तान तथा स्टार खेलाडी क्रिस्टीयानो रोनाल्डोको नाममा मात्र ८ गोल रहेको छ ।
यस पटकको विश्वकपमा हालसम्म मेस्सी र एम्बाप्पेबीच प्रतिस्पर्धा देखिएको छ । मेस्सीको पाँच गोल रहँदा एम्बाप्पेको चार गोल रहेको । यस्तै यि दुईलाई नर्वेका हालान्डले पछ्याइरहेका छन् । हालान्डको पनि चार गोल रहेको छ । इंग्ल्याण्डका ह्यारि केन र क्यानडाका जोन्था डेविड समान ३–३ गोल रहेको छ ।

( तस्वीर ः फिफाकाे फेसबुक पेजबाट लिइएकाे हाे ।)
तर, एम्बाप्पे मेस्सीसँगको प्रतिस्पर्धा वा गोल्डेन बुट जित्ने दौडबारे सोचिरहेका छैनन् । एम्बाप्पेले भने, ‘अहिले म त्यसबारे सोचिरहेको छैन। हाम्रो लागि टिमको एकता महत्वपूर्ण छ, जसले हामीलाई हाम्रो बलमा आत्मविश्वासी बनाउँछ ।’ उनले थपे, ‘मैले सधैं विश्वकपमा गोल गर्दै आएको छु, त्यसैले यसबारे चिन्ता छैन । हाम्रो प्राथमिकता टिमको रूपमा राम्रो खेल्नु हो, किनकि अगाडि बढ्दै जाँदा चुनौतीहरू अझ कठिन हुन्छन् ।’
उनले आफु मेस्सीले के गरिरहेका छन् भनेर नहेर्ने खाली टिमका लागि मात्रै सोचिरहेको बताएका छन् । एम्बाप्पेले विश्वकप इतिहासमा सबैभन्दा धेरै पटक (६ खेलमा) एक खेलमा कम्तिमा दुई गोल गरेका छन् ।
२७ वर्षीय एम्बाप्पे लगातार तीन विश्वकपमा दुई वा बढी गोल गर्ने चौथो खेलाडी पनि बनेका छन्, जसमा सान्डोर कोचिस (१९५४), गिलर्मो स्टाबिले (१९३०) र मेस्सी (२०२६) पनि पर्छन् । फ्रान्सले आफ्नो समूह चरणको अन्तिम खेलमा नर्वेसँग खेल्नेछ, जहाँ बराबरी पनि भए उनीहरू समूह विजेता बन्दै अर्को चरणमा पुग्नेछन् ।
उता अर्जेन्टीनाले अन्तिम खेलमा जोर्डन संग खेल्ने छ । जोर्डन समुह जे को सबैभन्दा कम्जोर टिम भएकाले उक्त खेलमा समेत मेस्सीले ह्याट्रिक वा सो भन्दा बढी गोल गर्ने सम्भावना रहेको छ । अर्जेन्टिनाले उक्त खेल यदि बराबरी खेलेको खण्डमा समेत अर्को चरणमा पुग्नेछ । अहिले समुहको शीर्षमा रहेको अर्जेन्टिना अर्को चरणमा प्रवेश गरिसकेको अवस्था छ ।





