पाेखरा / फुटबलको सर्वोच्च निकाय (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई कारवाहि गरेको छ । फिफाले एक पत्र पठाउँदै नेपाल निलम्बनमा परेको हो ।
फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १४ बमोजिम एन्फालाई अर्को सूचना नआएसम्मका लागि निलम्बन गर्ने निर्णय गरेको हो । यो निर्णयसँगै एन्फाले फिफा विधानको धारा १३ अन्तर्गत प्राप्त सबै सदस्यता अधिकार गुमाएको छ ।
निलम्बन कायम रहुञ्जेल एन्फाका प्रतिनिधि टोली तथा क्लब टोलीहरू अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन नपाउने फिफाले उल्लेख गरेको छ ।

यस्तै एन्फा वा एन्फासँग सम्बन्धित कुनै पनि सदस्य वा पदाधिकारीले फिफा तथा एएफसीद्वारा सञ्चालित विकास कार्यक्रम, तालिम वा प्रशिक्षणबाट लाभ लिन पाउने छैनन् ।
निलम्बनमा परेपछि नेपालको राष्ट्रिय टिम देखि क्लब सम्मको टिमले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउने छैन । फिफा र एएफसीबाट पाउँदै आएको फण्ड बन्द हुनेछ । एन्फा र यसका कुनै पनि अफिसियलहरु अब फिफा र एन्फाको डेभलपमेन्ट कार्यक्रमहरुमा सहभागि हुनबाट बन्चित हुनेछन् ।
के छ त धारा १६ मा
फिफाको विधानको धारा १६ मा निलम्बन सम्बन्धि व्यवस्था रहेको छ । उक्त धारामा ४ उपधारा रहेका छन् । उपधारा १ ले काउन्सिलको अनुरोधमा मात्रै फिफा कांग्रेसले कुनै सदस्यलाई निलम्बन गर्न सक्ने व्यवस्था गरेको छ । उक्त उपधारमा भनिएको छ, ‘काउन्सिलको अनुरोधमा मात्र कांग्रेसले कुनै सदस्य संघलाई निलम्बन गर्न सक्छ। माथि उल्लेखित कुराको बाबजुद, काउन्सिलले कांग्रेसको मतदान बिना, आफ्ना दायित्वहरू गम्भीर रूपमा उल्लङ्घन गर्ने सदस्य संघलाई तत्काल प्रभावबाट अस्थायी रूपमा निलम्बन गर्न सक्छ। काउन्सिलद्वारा अनुमोदित निलम्बन अर्को कांग्रेससम्म प्रभावमा रहनेछ, यदि काउन्सिलले त्यस्तो निलम्बन उक्त कांग्रेसअघि नै खारेज नगरेसम्म ।’
उपधारा २ ले निलम्बन गर्नका लागि तीन चौथाइ सदस्यको बहुमत आवश्य रहेको उल्लेख गरेको छ । त्यहाँ भनिएको छ, ‘कांग्रेसद्वारा कुनै सदस्य संघको निलम्बन गर्न उपस्थित र मतदान गर्न योग्य सदस्य संघहरूको तीन–चौथाई (३÷४) बहुमत आवश्यक पर्छ। कांग्रेस वा काउन्सिलद्वारा गरिएको सदस्य संघको निलम्बन अर्को कांग्रेसमा उपस्थित र मतदान गर्न योग्य सदस्य संघहरूको तीन–चौथाई बहुमतद्वारा पुष्टि हुनुपर्छ। यदि पुष्टि भएन भने, त्यस्तो निलम्बन स्वतः हटाइनेछ।’

उपधारा ३ ले निलम्बित भएको सदस्य संघले आफ्नो कुनै पनि सदस्यताको अधिकारको प्रयोग गर्न नपाउने र खेलसम्बन्धी सम्पर्क राखेमा थप कारवाहि गर्ने समेत उल्लेख छ । उक्त धारामा भनिएको छ, ‘निलम्बित सदस्य संघले आफ्ना कुनै पनि सदस्यता अधिकार प्रयोग गर्न पाउने छैन। अन्य सदस्य संघहरूले निलम्बित सदस्य संघसँग कुनै पनि खेलसम्बन्धी सम्पर्क राख्न पाउने छैनन्। अनुशासन समितिले थप कारबाहीहरू लागू गर्न सक्छ।’
अन्तिम उपधार अनुसार चार वर्ष लगातार २ फिफाका प्रतियोगितामा सहभागि नभएको र आफ्नो दायित्व पुरा गरेसम्म निलम्बन गरिने बताइएको छ । उपधारा ४ मा भनिएको छ, ‘चार वर्ष लगातारको अवधिमा कम्तीमा दुईवटा फिफा प्रतियोगितामा सहभागी नभएका सदस्य संघहरूलाई, सो सम्बन्धमा आफ्ना दायित्वहरू पूरा नगरेसम्म, कांग्रेसमा मतदानबाट निलम्बित गरिनेछ।’
फिफाको पत्रानुसार एन्फाले आफ्नो दायित्व पुरा गर्न नसकेको कारण निलम्बनमा परेको हो । एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ र महासचिव किरण राईले खेल मर्म विपरित एन्फामा लादेरै अर्लि इलेक्सन गर्ने देखि एन्फा भद्रगोल बनाउँदा यो स्थिति आइ लागेको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एन्फा अध्यक्ष र महासचिवलाइ िफफा विश्वकपमा जान समेत राेक लगाएकाे िथयाे ।





