मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

त्रिवेणी दुम्कीवास सडकका लागि ३ करोड बजेट

त्रिवेणी दुम्कीवास सडकका लागि ३ करोड बजेट

सरकारले त्रिवेणी दुम्कीवास सडक निर्माणमा चासो नदेखाएका कारण अघिल्लो साता त्रिवेणीका बासिन्दाले आफुहरु लुम्विनी प्रदेशको सुस्ता गाउपालिकामा गाभिन पाउ भनेर निबेदन दिएका छन ।


  • ढाेरपाटन संवाददाता
  • असार १९ २०८३, शुक्रबार

नवलपुर/ गण्डकी प्रदेशको भारतिय सिमानासंग पहुँच रहेको एक मात्र त्रिवेणी दुम्कीवास सडककालागि ३ करोड रकम बिनियोजन भएको छ ।

यो सडक हेर्ने सडक डिभिजन भरतपुर कार्यालयले दिएको जानकारी अनुसार दुम्कीवास त्रिवेणी सडक निर्माणकालागि वातावरणीय प्रभाव मुल्यांकनको काम अघि बढेको छ । असार दोश्रो साता भरतपुरमा सम्पन्न रास्वपाको पहिलो अधिबेशनमा आएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले यो त्रिवेणी सडकको काम चाडो अघि बढाउन चासो ब्यक्त गरेका थिए ।

पूर्वी नवलपरासी क्षेत्र नम्बर २ वाट प्रतिनिधि सभा सदस्य मनिष खनालले यो सडक निर्माण गर्ने योजना सरकारको प्राथामिकतामा रहेको सुनाए । ‘यो वर्षको वजेटमा ३ करोड रकम बिनियोजन भैसकेको छ’, उनले भने, ‘त्यहाको इआइएको रिर्पोट आउनासाथ सडक निर्माणले गति लिन्छ ।’ बिनयी त्रिवेणी गाउपालिकाका वडा नम्बर ६ र ७ भारतीय सिमानासंग जोडिएको त्रिवेणीधाममा पर्दछ । त्रिवेणीधाममा रहेका ति दुबै वडाका बासिन्दा बिनयी त्रिवेणी गाउपालिकाको आफनै कार्यालयमा आउन लुम्वीनी प्रदेशको सुस्ता, बर्दघाट दाउन्ने हुदै दुम्कीवास आउन पर्ने बाध्यता रहेको छ ।

त्रिवेणीधामवाट सोझै उत्तरमा पर्ने दुम्कीवास आउजाउ गर्न करिब २२ किलोमिटर सडक निर्माण नभएका कारणले उनिहरुले गत १२ वर्षदेखि सास्ती भाग्दै आएका छन । तत्कालिन कांग्रेस एमालेको सरकारले त्रिवेणी दुम्कीवास सडक निर्माणमा चासो नदेखाएका कारण अघिल्लो साता त्रिवेणीका बासिन्दाले आफुहरु लुम्विनी प्रदेशको सुस्ता गाउपालिकामा गाभिन पाउ भनेर निबेदन दिएका छन । ‘गण्डकी प्रदेशको त्रिवेणीधामलाई लुम्विनी प्रदेशको सुस्तामा गाभ्ने भन्ने नै हुदैन’, त्यस क्षेत्रका प्रतिनिधि सभा सदस्य मनिष खनालले भने, ‘यो ०८३ सालवाट नै त्रिवेणी दुम्कीवास जोडने सडक निर्माणकोकाम अघि बढ्छ ।’

०६० सालमा त्रिवेणी स्थित गजेन्द्रमोक्षधामका पिठाधिस स्वामि कमलनयन आचार्यले श्रमदान गराएर त्यो २२ किलोमिटर लामो त्रिवेणी दुम्कीवास सडक छिचोलेका थिए । बिनयी त्रिवेणी गाउपालिकाका अध्यक्ष घनश्याम गिरीले त्यहाको २२ किलोमिटर सडक खण्ड मध्ये अब ८ किलोमिटर सडक छिचोल्ने काम सम्पन्न हुन बांकि रहेको टेलिफोनमा जानकारी दिए । त्रिवेणीधामका रहेका २ वटा वडामा करिब ९ हजार जनसंख्या रहेको छ ।

त्रिवेणीमा इलाका प्रशासन कार्यालय राख्न पहल

सांसद खनालले त्रिवेणीकालागि छुटटै इलाका प्रशासन कार्यालय र मालपोत कार्यालय समेत स्थापना गरेर त्यहाका नागरिकलाई घर दैलोमै सेवा दिने ब्यबस्थाकालागि आफनो पहल जारी रहेको दावी गरे । ‘नागरिकलाई चाहिने सबै सेवा कार्यालय त्रिवेणीमै स्थापना हुन्छ’, सांसद खनालले भने, ‘यहाँको ऐतिहासिक भूमि त्रिवेणीधाम कहि कतै गाभ्ने गल्ति गरिदैन । सेवा त्यहि दिने हो कतै अन्यत्र जाने भन्ने नै हुदैन ।’ त्यसकालागि आफुले काम गरिरहेको र चाँडै रिजल्ट देखिने उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->