शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

यो मेरो अन्तिम विश्वकप हो : रोनाल्डो

यो मेरो अन्तिम विश्वकप हो : रोनाल्डो

स्पेन र पोर्चगल आज राती भिड्दै


  • विजय नेपाली
  • असार २२ २०८३, सोमबार

पोखरा / पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले फिफा विश्वकप आफ्नो अन्तिम विश्वकप रहेको बताएका छन् । क्वाटरफाइनलमा प्रवेशका लागि आज राती पोर्चुगलले स्पेनसंग खेल्दैछ । राउन्डअफ १६ अन्तरगत यि दुई टोली बीच फिफा विश्वकपमा तेस्रो पटक भेट हुँदैछ ।
खेल अघिको प्रिम्याच कन्फिरेन्समा बोल्दै यो विश्वकप अन्तिम भएको बताएका हुन् । तर, उनले आफुले कसैको दबाब र इच्छाले सन्याश नलिने भन्दै स्पेन विरुद्धको आफ्नो अन्तिम खेल समेत नभएको सुनाए ।

‘हो, यो मेरो अन्तिम विश्वकप हो । म यसलाई पूर्ण रूपमा उपभोग गर्न चाहन्छु। तर, आशा छ भोलिको खेल नै मेरो अन्तिम हुने छैन, ताकी तपाईँहरूले मेरो अझै आलोचना गरिरहन पाउनुहुनेछ’ रोनाल्डोले भने, ‘ म जब चाहन्छु, तब मात्र सन्यास लिनेछु । मलाई लाग्छ यो प्रश्न बारम्बार सोधिरहनु समयको बर्बादी मात्र हो। म कसैको दबाब वा इच्छाले सन्यास लिनेवाला छैन, त्यो निर्णय मेरो मात्र हुनेछ ।’

आफुले फुटबलका लागि सबथोक सुम्पिएको सुनाउँदै पैसा र कुनै आवश्यकताका लागि नभइ खेलप्रतिको जुनून र मायाका कारण अहिलेसम्म खेलिरहेको बताएका छन् ।

TORONTO, ONTARIO – JULY 02: Cristiano Ronaldo #7 of Portugal acknowledges fans before the FIFA World Cup 2026 Round of 32 match between Portugal and Croatia at Toronto Stadium on July 02, 2026 in Toronto, Ontario. (Photo by Dan Mullan/Getty Images)

‘भोलि मैदानमा जेसुकै परिणाम आओस्, म सत् प्रतिशत सफा मन लिएर मैदानबाट बाहिरिनेछु। किनभने मैले फुटबलका लागि आफ्नो सबैथोक सुम्पिएको छु। म यहाँ पैसा वा कुनै आवश्यकताका लागि खेलिरहेको छैन, म केवल खेलप्रतिको जुनून र मायाका कारण यहाँ छु । ‘मैले यो विश्वकपमा ३ गोल गरिसकेको छु। त्यसैले म त्यति खराब खेलिरहेको छु जस्तो मलाई लाग्दैन। हो, अन्य खेलाडीहरूले धेरै गोल गरेका होलान् किनभने उनीहरू उत्कृष्ट लयमा छन्, तर म पनि ठीकै गर्दैछु र अझै अघि बढ्न चाहन्छु । यदि हामी विश्वकप जित्न सक्छौँ भन्ने विश्वास नभएको भए हामी यहाँ हुने नै थिएनौँ । मलाई स्पेनविरुद्ध खेल्न मनपर्छ र मेरो भित्री भावनाले भन्छ कि भोलि हामी नै जित्नेछौँ ।’
पोर्चुगल र स्पेनबीच फिफा विश्वकपमा सन् २०१० मा पहिलो पटक भेट भएको थियो । राउन्ड अफ १६ मा भएको भेटमा डेभिड भियाको गोलमा स्पेन १–० ले विजयी भएको थियो ।


सन् २०१८ विश्वकपको समूह चरणमा दोस्रो पटक यि दुइ टोलीको भेट भएको थियो । स्पेन संग ३ गोलले पछि परेको पोर्चुगलका लागि रोनाल्डोको उत्कृष्ट ह्याट्रियकसंगै खेल ३–३ को रोमाञ्चक बराबरीमा रोकिएको थियो ।
यी दुई टोलीको भेट समग्रमा ४१ पटक भएको छ जसमा स्पेनले १७ पटक र पोर्चगलले मात्र ६ पटक जित हासिल गरेको छ भने १८ पटक बराबरी खेलेको छ । पछिल्लो पटक २०२५ को युएफा नेसन्स लिगको फाइनलमा भेटका थिए । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा रोकिएको थियो । पोर्चगलले पेनाल्टीमा हराएको थियो । तर, रोचक कुरा पछिल्ला ७ मध्ये ६ खेलको निर्धारित ९० मिनेट बराबरीमै रोकिएको छ । यस पनि आज रातीको खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने देखिएको छ ।

जारी विश्वकपमा समूह ‘के’ मा ेरहेको पोर्चुगलले ३ खेलमा ५ अंक जोड्दै समुहको उपविजेता बनेको थियो । पहिलो खेलमा डीआर कंगो संग १–१, दोस्रो खेलमा उज्वेकिस्तानलाई ५–० र कोलम्बियासंग गोलरहित बराबरी खेलेको थियो । राउन्डअफ ३२ मा क्रोएसियालाई २–१ ले हराउँदै अन्तिम १६ मा प्रवेश गरेको थियो ।

उता स्पेन समूह ‘एच’ बाट ३ खेलमा २ जित १ बराबरी खेल्दै ७ अंकका साथ समूह विजेता बन्दै राउन्डअफ ३२ मा प्रवेश गरेको थियो । केप भर्डे विरुद्ध बराबरी खेलको थियो भने उरुग्वे र साउदी अरेवियालाई हराएको थियो । राउन्डअफ ३२ मा अष्ट्रियालाई ३–० ले हराउँदै अन्तिम १६ मा प्रवेश गरेको थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->