शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

फिफा विश्वकप : अमेरिकालाई हराउँदै बेल्जियम क्वार्टरफाइनलमा

फिफा विश्वकप : अमेरिकालाई हराउँदै बेल्जियम क्वार्टरफाइनलमा

सह-आयोजक अमेरिकामाथि ४-१ गोलको सहज जित निकाल्दै बेल्जियमले स्पेनसँग हुने रोमाञ्चक क्वार्टरफाइनलमा भेट पक्का गरेको छ।


  • ढोरपाटन संवाददाता
  • असार २३ २०८३, मंगलबार

काठमाडौं / सहआयोजक अमेरिकालाई हराउँदै बेल्जियम फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

अमेरिकाको सियाटल स्टेडियममा मंगलबार बिहान भएको खेलमा घरेलु टोलीलाई ४-१ को फराकिलो अन्तरले पराजित गर्दे बेल्जियमले क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो ।

बेल्जियमको जितमा चार्ल्स डे केटलेरले दुई, हान्स भानकेन र रोमेलु लुकाकुले एक एक गोल गरे ।

खेलको नवौं मिनेटमा चार्ल्स डे केटलेरले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए । ३१औं मिनेटमा मलिक टिलम्यानले फ्रिकिकमार्फत गोल गर्दै अमेरिकालाई बराबरीमा फर्काए ।

त्यसको दुई मिनेटमै बेल्जियमले दोस्रोपटक अग्रता लियो । केटलेरले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई अग्रतामा पु¥याए । खेलको ५७औं मिनेटमा भानकेनले गोल गर्दै बेल्जियमको अग्रताको दूरी बढाए ।

त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा लुकाकुले गोल गर्दै बेल्जियमलाई ४-१ को जित दिलाए ।

योसँगै बेल्जियम ८ वर्षपछि क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सन् २०१८ को विश्वकपमा तेस्रो बनेको बेल्जियम २०२२ को विश्वकपमा समूह चरणबाटै बाहिरिएको थियो ।

बेल्जियमले अब सेमिफाइनल प्रवेशका लागि स्पेनसँग खेल्नेछ । यो हारसँगै २४ वर्षपछि क्वार्टरफाइनल पुग्ने अमेरिकाको सपना अधुरै बनेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->