शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

विश्वकपमा अहिलेसम्म कस्ता कस्ता विवाद भए ?

विश्वकपमा अहिलेसम्म कस्ता कस्ता विवाद भए ?

प्रशिक्षक होसाम हसनले रेफ्रीको निर्णयप्रति तीव्र आक्रोश पोखे । उनले रेफ्रीका केही निर्णयहरू अर्जेन्टिनाको पक्षमा भएको भन्दै विश्वकपकै निष्पक्षतामाथि प्रश्न उठाए ।


  • ढाेरपाटन संवाददाता
  • असार २४ २०८३, बुधबार

पोखरा/  मंगलबार राती इजिप्ट विरुद्ध अर्जेन्टिनाले ३–२ को अप्रत्यासित जित हासिल ग¥यो । २–० को अग्रता अन्तिम १० मिनेट जोगाउन नसक्दा इजिप्टले नसोचेको हार व्यहोर्न पुग्यो । तर, हार स्विकार्न इजिप्टलाइ सह्य भएन । कारण थियो रेफ्रीको निर्णय । पहिलो हाफमै १–० को अग्रता लिएको इजिप्टले खेलको ५९ औं मिनेटमा दोस्रो गोल ग¥यो ।

तर, भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को रिभ्युपछि मुख्य रेफ्री फ्रान्स्वा लेटेक्सिएले गोललाई मान्यता दिएनन् । त्यसअघि इजिप्टका मिडफिल्डर मारवान आर्तियाले अर्जेन्टिनी डिफेन्डर लिसेन्द्रो मार्टिनेजलाई फल गरेको भन्दै गोल अमान्य भयो । इजिप्टका मुस्तफा जिकोले उत्कृष्ट काउन्टर अट्याकमा गोल गरेका थिए । यद्यपी ६६ औं मिनेटमा इजिप्टले अग्रता दोब्बर बनायो ।

खेलको ७९ औं मिनेटमा अर्जेन्टिनाका लागि क्रिस्टियन रोमेरोले पहिलो गोल गरे । ८३ औं मिनेटमा लियोनल मेस्सीले बराबरी गोल गरे । निर्धारित समयको इन्ज्युरि समयमा एन्जो फर्नान्डेजले गोल गर्दै अर्जेन्टिनालाइ पुनरागमन जित दिलाए । त्यसअघि मेस्सीले २० औं मिनेटमा पेनाल्टी मिस गरेका थिए । तर, विवाद भने इजिप्टको गोललाइ भिएआरले मान्यता नदिएको र खेलको अन्तिम समयमा इजिप्टले पेनाल्टी माग गर्दा भीएआर हेर्न नमान्दा विवाद भएको हो ।

इजिप्टका प्रशिक्षक होसाम हसनले रेफ्रीको निर्णयप्रति तीव्र आक्रोश पोखे । उनले रेफ्रीका केही निर्णयहरू अर्जेन्टिनाको पक्षमा भएको भन्दै विश्वकपकै निष्पक्षतामाथि प्रश्न उठाए । साथै, खेलअघिको पत्रकार सम्मेलनमा हसनले प्यालेस्टाइनको समर्थनमा अपील गरेपछि विश्वकपमा राजनीतिक मुद्दाले पनि प्रवेश पाएको थियो ।

यसबाहेक, फिफा अध्यक्ष जियानी इन्फान्टिनोले अर्जेन्टिना खेलमा पछि पर्दा चिन्तित भएको जस्तो देखिने केही पुराना र गलत तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भए, जसले गर्दा फिफाले अर्जेन्टिनालाई प्राथमिकता दिने गरेको भन्दै अनलाइनमा विवाद सृजना भयो । अहिले विश्वकपको वैधतामाथि नै प्रश्न उठिरहेको छ ।

ट्रम्पको हस्तक्षेप र अमेरिकाको रातो कार्ड फिर्ता

यस विश्वकपको सबैभन्दा ठूलो र चर्चित विवाद अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको फुटबलमा भएको राजनीतिक हस्तक्षेप हो । बोस्निया एन्ड हर्जगोभिना विरुद्धको खेलमा अमेरिकी स्ट्राइकर फोलारिन बालोगनले रातो कार्ड पाएका थिए । एक खेलको प्रतिबन्ध लागेपछि ट्रम्पले फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई फोन गरेर उक्त निर्णय अन्यायपूर्ण भएको भन्दै समीक्षा गर्न दबाब दिएका थिए । फिफाले उक्त निर्णयलाइ उल्टाएको थियो । प्रतिबन्ध फुकुवा पछि बालोगन बेल्जियम विरुद्ध खेलेका थिए । फिफाको यो निर्णयको युरोपेली फुटबल महासंघ (युएफा) बेल्जियम फुटबल संघ तथा विभिन्न खेलाडीहरुले यसको विरोध गरेका थिए ।

नयाँ ‘मुख छोप्ने नियम’

फिफाले यसै विश्वकपदेखि खेलाडीहरूले रेफ्री वा विपक्षी खेलाडीलाई गाली गर्दा क्यामेरा र रेफ्रीबाट लुकाउन मुख छोपेर बोल्न नपाउने नयाँ नियम लागु ग¥यो । पाराग्वेका मिडफिल्डर मिगुएल आल्मिरोनले टर्की विरुद्धको खेलमा मुख छोपेर कुरा गरेकै कारण रातो कार्ड पाएका थिए । मुख छोपेकै कारण रातो कार्ड पाउने विश्वकप इतिहासकै उनी पहिलो खेलाडी बने । भिडियो असिस्टेन्ट रेफ्रीको सहयोगमा उनलाई सिधै रातो कार्ड दिइएपछि यो नियम र यसको कडा सजायलाई लिएर फुटबल जगतमा ठूलो बहस र विवाद सुरु भएको छ ।

भिसा अस्वीकार

सोमालियाका रेफ्री ओमार अब्दुलकरित आर्तार विश्वकपमा खेल खेलाउने पहिलो सोमाली रेफ्री बन्ने तय भएको थियो । तर, उनलाई संयुक्त राज्य अमेरिकाले प्रवेश भिसा दिन अस्वीकार ग¥यो । कूटनीतिक प्रयास गर्दा पनि भिसा नमिलेपछि फिफाले उनलाई विश्वकपको रेफ्री सूचीबाटै हटाउनु परेको थियो, जसको अन्तर्राष्ट्रिय स्तरमा आलोचना भयो ।

इरान टोलीमाथिको व्यवहार

अमेरिका र इरानबीचको राजनीतिक द्धन्द्ध विश्वकपमा पनि देखियो । इरानी टोलीले यात्राका क्रममा कडा र असहज नियमहरू पालना गर्नुपरेको तथा कतिपय अफिसियलहरूलाई भिसा पाउन सास्ती भएको भन्दै आयोजक राष्ट्र (अमेरिका) को आलोचना गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->