शुक्रबार, भाद्र ५ २०८३

शुक्रबार, भाद्र ५ २०८३
  • ५ भाद्र २०८३ , शुक्रबार
  • August 21 2026

स्याङ्जामा रात्रिकालीन सवारी साधन सञ्चालनमा रोक

स्याङ्जामा रात्रिकालीन सवारी साधन सञ्चालनमा रोक

प्रमुख जिल्ला अधिकारी निराजन घिमिरेद्वारा जारी गरिएको अत्यन्त जरुरी सूचना अनुसार, शनिवार र आइतबार राती जिल्लाभित्र पर्ने सिद्धार्थ राजमार्गको खण्डमा अत्यावश्यक बाहेकका सबै सवारी साधनहरू साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पूर्ण रूपमा रोक लगाइएको छ ।


  • ढाेरपाटन संवाददाता
  • साउन २ २०८३, शनिबार

स्याङ्जा/  सिद्धार्थ राजमार्गको स्याङजा खण्डमा आज शनिवार र आइतबार रात्रिकालिन सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जिल्लाभित्र हुन सक्ने सम्भावित विपद्जन्य जोखिमलाई मध्यनजर गर्दै रात्रिकालीन सवारी साधन सञ्चालनमा रोक लगाएको जनाएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिवार जारी गरेको भारी तथा अति भारी वर्षाको चेतावनीयुक्त सूचनालाई ध्यानमा राख्दै प्रशासनले यो कदम चालेको हो । भारी वर्षाका कारण आउन सक्ने बाढी, पहिरो र डुवान जस्ता सम्भावित जोखिम न्यूनीकरण गरी आम सर्वसाधारणको जीउज्यानको सुरक्षा सुनिश्चित गर्न यो निर्णय गरिएको प्रशासनले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी निराजन घिमिरेद्वारा जारी गरिएको अत्यन्त जरुरी सूचना अनुसार, शनिवार र आइतबार राती जिल्लाभित्र पर्ने सिद्धार्थ राजमार्गको खण्डमा अत्यावश्यक बाहेकका सबै सवारी साधनहरू साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पूर्ण रूपमा रोक लगाइएको छ । यसका साथै सिद्धार्थ राजमार्ग बाहेकका अन्य सहायक वा शाखा सडकहरूमा समेत अत्यावश्यक बाहेकका कुनै पनि सवारी साधन सञ्चालन गर्न नपाइने सूचनामा उल्लेख छ ।

स्थानीय प्रशासनले उक्त राजमार्ग तथा सहायक सडकहरू हुँदै सञ्चालन हुने सार्वजनिक यातायात तथा अन्य सवारी साधनका सरोकारवालाहरूलाई यो नियमको पूर्ण पालना गर्न र गाडी नचलाउन अनुरोध गरेको छ । प्रशासनले जोखिमयुक्त स्थानहरूमा बसोबास गरिरहेका बासिन्दाहरूलाई तत्काल ती ठाउँहरू छोडेर सुरक्षित स्थलमा जान आग्रह गरेको छ ।

साथै, यो अवधिमा अत्यावश्यक कामबाहेक यात्रा नगर्न र यदि अत्यावश्यक रूपमा सवारी साधन सञ्चालन गर्नैपर्ने अवस्था आएमा नजिकको सुरक्षा निकायसँग आवश्यक समन्वय गरी सुरक्षा निकायको निर्देशन अनिवार्य पालना गर्न सरोकारवाला सबैमा अनुरोध गरिएको छ । यो बाध्यात्मक निर्णयका कारण यात्रुवर्ग तथा आम सर्वसाधारण महानुभावहरूमा पर्न जाने असुविधाप्रति स्थानीय प्रशासनले क्षमायाचना समेत गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->