शुक्रबार, भाद्र ५ २०८३

शुक्रबार, भाद्र ५ २०८३
  • ५ भाद्र २०८३ , शुक्रबार
  • August 21 2026

डेढलाख चौपायालाई खोप

डेढलाख चौपायालाई खोप


  • अर्जुन काफ्ले
  • साउन ९ २०८३, शनिबार

स्याङ्जा/भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाले गएको वर्षमा १ लाख ५६ हजार ४ सय ६ वटा पशु चौपायामा विभिन्न किसिमका खोप लगाएको छ । पशुचौपायालाई खोरेत, चरचरे, भ्याकुते, लम्की स्किन, साइन फिबर, रेबिज जस्ता रोगबाट बचाउने उद्देश्यले खोप लगाइएको हो ।

जिल्लाका भैसी, गाई, गोरु, बाख्रा, भेडा, बंगुर, कुकुर, बिरालोमा खोप लगाइएको कार्यालय जनाएको छ । यहाँ गाई, गोरु, भैसी, राँगो र बंगुरमा खोरेत र एचएसविक्यु, बाख्रा तथा भेडाँमा पिपिआर, बंगुरमा हैजा, बिरालो र कुकुरमा रेविजको खोप लगाएको सेवा कार्यालयका प्रमुख डा रुपेश श्रेष्ठले बताए ।

जिल्लामा खोरेतको खोप ४२ हजार ८ सय ४८, एचएमविक्यु खोप ३ हजार ४ सय ९०, पिपिआर खोप ९६ हजार ९ सय ३७, बंगुरमा हैजा खोप ४ हजार ३ सय १७, रेबिजको खोप ८हजार ८ सय १४ वटालाई लगाइएको छ ।

वालिङ नगरपालिकामा २६ हजार ७ सय ८९, गल्याङ नगरपालिकामा २२ हजार ५ सय ४२, कालीगण्डकी गाउँपालिकामा १९ हजरा ५ सय २८, भीरकोट नगरपालिकामा १७ हजार १ सय ५९, पुतलीबजार नगपालिकामा १५ हजार १ सय ९५ वटा पशुमा खोप लगाइएको छ ।

यस्तै, चापाकोट नगरपालिकामा १४ हजार ५ सय ७, हरिनास गाउँपालिकामा ११ हजार ५ सय १, बिरुवा गाउँपालिकामा ११ हजार २६, फेदीखोला गाउँपालिका६ हजार ६ सय ९८, अर्जुन चौपारी गाउँपालिका६ हजार ५ सय ९८ र आँधीखोला गाउँपालिका ४ हजार ८ सय १३ पशु चौपायालाई खोप लगाइएको हो ।

खोप लगाउन थालेसँगै रोगी पशुको संख्यामा कमी आएको डा श्रेष्ठले सुनाए ।सेवा कार्यालयले ६ वटा बिरालो र २ सय २७ कुकुर गरी २३३ वटाको बन्ध्याकरणसमेत गरेको छ ।

यहाँ लगाइएको खोप सरकारले निःशुल्क व्यवस्था गरेको थियो । खोप लगाउन कर्मचारीको तलब तथा भत्तामा ७५ लाख छ हजार ८ सय ९ रुपियाँ खर्च भएको श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->