शुक्रबार, भाद्र ५ २०८३

शुक्रबार, भाद्र ५ २०८३
  • ५ भाद्र २०८३ , शुक्रबार
  • August 21 2026

श्रेष्ठको निधनमा पुतलीबजार नगरपालिकामा बुधवार शोक बिदा

श्रेष्ठको निधनमा पुतलीबजार नगरपालिकामा बुधवार शोक बिदा


  • ढाेरपाटन संवाददाता
  • साउन १२ २०८३, मंगलबार

पोखरा/ नेपाल सरकारका पूर्वउपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठको निधनको शोकमा स्याङ्जाको पुतलीबजार नगरपालिकाले बुधवार सार्वजनिक बिदा दिएको छ।

पुतलीबजार नगरपालिका वडा नम्बर ३ का स्थायी बासिन्दा श्रेष्ठको मंगलबार उपचारका क्रममा ८३ वर्षको उमेरमा निधन भएको थियो। प्रजातान्त्रिक आन्दोलन र राष्ट्रसेवामा उनले पुर्‍याएको योगदानको उच्च कदर गर्दै नगरपालिकाले नगरभरि शोक बिदा दिने निर्णय गरेको हो।

नगर प्रमुख तुलसीराम रेग्मीद्वारा हस्ताक्षरित सूचनाअनुसार बिदाको दिन पुतलीबजार नगरपालिकाअन्तर्गतका सम्पूर्ण कार्यालयहरू, विद्यालयहरू तथा अन्य निकायहरू बन्द रहनेछन्। यद्यपि, नगरभित्रका अत्यावश्यक सेवाहरू भने यथावत् सञ्चालन भइरहने नगरपालिकाले जनाएको छ।

नगरपालिकाले दिवंगत श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->