बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

लुडोको पनि अब राष्ट्रिय प्रतियोगिता

लुडोको पनि अब राष्ट्रिय प्रतियोगिता


  • ढाेरपाटन संवाददाता
  • साउन १४ २०८३, बिहिबार

काठमाडौं/ नेपाल लुडो लिगद्वारा आयोजित इन्टर(स्कुल लुडो च्याम्प २०२६ को पहिलो संस्करणको ग्रान्ड फिनाले काठमाडौंमा सम्पन्न भएको छ।

प्रतियोगितामा जगत मन्दिर स्कुलकी छात्रा रितिका मगर प्रथम, अरुणिमा शिक्षा सदनकी आर्यता देउजा द्वितीय तथा बेबिलोन स्कुलका आभाष साह तृतीय भएका छन्। साउन ९ गतेदेखि सञ्चालन भएको चारदिने लिगमा करिब ४० विद्यालयका ८० भन्दा बढी विद्यार्थीको सहभागिता रहेको थियो। प्रतियोगिताका उत्कृष्ट ८ प्रतियोगीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।

ग्रान्ड फिनालेमा प्याब्सन काठमाडौं महानगरका अध्यक्ष गगनसिंह ऐर, राष्ट्रिय क्रिकेट खेलाडी तिलकराज भण्डारी, विभिन्न क्षेत्रका अतिथि, विद्यालयका प्रतिनिधि तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। नेपाल लुडो लिगका अध्यक्ष तथा प्रमुख कार्यकारी निर्देशक सुरज भट्टराईले परम्परागत लुडो खेललाई आधुनिक, व्यवस्थित र व्यावसायिक रूपमा विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको बताए। विद्यार्थी, शिक्षक, अभिभावक तथा विद्यालयहरूको उत्साहजनक सहभागिताले पहिलो संस्करणलाई ऐतिहासिक सफलता दिलाएको उनको भनाइ थियो।

कार्यक्रमलाई थप प्रभावकारी बनाउन प्याब्सन काठमाडौं महानगरसँग साझेदारी गरिएको थियो। साथै डिजिटल पार्टनरका रूपमा साथी सोलुसन्स, सेलिब्रेशन पार्टनरका रूपमा काठमाडौं अनलाइन केक शप तथा रिफ्रेसमेन्ट पार्टनरका रूपमा श्री घः कुल्फी सहकार्यमा रहेका थिए।

यस अवसरमा प्याब्सन काठमाडौं महानगरका अध्यक्ष गगनसिंह ऐरले लुडोजस्तो लोकप्रिय खेललाई व्यावसायिक ढंगले आयोजना गरिएको यो पहल उदाहरणीय रहेको उल्लेख गर्दै आगामी संस्करणहरू अझ व्यापक र प्रभावकारी हुने विश्वास व्यक्त गरे। नेपाल लुडो लिगले निकट भविष्यमै राष्ट्रियस्तरको लुडो प्रतियोगिता देशव्यापी रूपमा सञ्चालन गर्ने तयारी गरिरहेको तथा ीगमय ीभबनगभ मोबाइल एपसमेत सार्वजनिक भइसकेको जानकारी अध्यक्ष तथा प्रमुख कार्यकारी निर्देशक सुरज भट्टराईले दिएका छन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->